१५ बैशाख २०८१, शनिबार

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

कृष्ण पौडेल विजयनगर।।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आधारभुत स्काउट तालिम सम्पन्न भएको छ । स्थानीय स्काउट समिति विजयनगर गाउँपालिकाको आयोजनामा र विजयनगर गाउपालिकाको आर्थिक सहयोगमा माघ ९ गते देखि असार १४ हरी बोध आधाभुत विधालय प्रेमनगरमा संचालित ५१६ औं वि टि सि आधारभुत स्काउट तालिम समापन भएको हाे ।

कार्यक्रम स्थानिय स्काउट समिती सम्याेजक बिष्णु थापाको अध्यक्षतामा सम्पन्न भएको थियाे । कार्यक्रमका प्रमुख अतिथी विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले तालिमले स्काउटका पदाधिकारीहरूलाई थप प्रशिक्षित बनाउन सहयोग पुग्ने बताउनुभयो । स्काउटले विद्यार्थीहरूकाे व्यक्तित्व एवम नेतृत्व विकास सँगसँगै सामाजिक मेलमिलापकाे माध्यमबाट सामाजिक कार्यमा उत्प्रेरित गराउन सहयोग पुर्याउने बताउनुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले तालिमले स्काउटका पदाधिकारीहरूलाई थप प्रशिक्षित गरि थप ज्ञान वृद्धिमा टेवा पुर्याउन याेगदान गर्ने बताउदै तालिममा सिकेका कुराहरूलाई व्यवहारिकमा लागू गर्न आग्रह गर्नुभयाे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्काउट प्रतिनिधि नारायण अर्याल तालिम पश्चात् आफुले सिकेका कुरा आफ्नो विद्यालयमा लागू नगर्दासम्म तालिमबाट प्राप्त प्रमाणपत्रको औचित्य नहुने बताउँदै सामाजिक रुपमा परिवर्तन गर्न नेतृत्वदायी भुमिका स्काउटले गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका महत्वपूर्ण हुने धारणा राख्नु भयो । अर्यालले स्थानीय वा विद्यालय स्तरमा स्काउट विकासका लागि नितिगत तथा प्राविधिक सहयोग चाहिय नेपाल स्काउट हरदम तयार रहेको बताउनुभयो।

कार्यक्रमकाे अवसरमा दिक्षित हुनु हुने सम्पूर्ण शिक्षकहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियाे । कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाहि , सशस्त्र प्रहरी निरीक्षक पदम राज भट्ट, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन हरीहर बेल्वासेले गर्नु भएको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट