१९ माघ २०७९, बिहीबार

युक्रेन युद्धमा पैसा कमाइरहेका भारतीयको कथा

‘जसले भारतबाट लिएको चामलले बियर बनाएर बेचिरहेका छन्’

युद्ध आफैमा खराब हो । यसका खराब पाटा नै धेरै छन् । तर, सत्य यो हो की युद्धकालीन समयमा पनि कसैलाई राम्रो भएको हुन सक्छ । रुस–युक्रेन युद्धको असर पोल्यान्डमा समेत परेको छ । पोल्यान्डमा एक भारतीय बियरको व्यापार यसै युद्धका कारण बढ्दो छ । दुई जना भारतीयहरू पोल्यान्डमा व्यापार फस्टाउन सफल भएका छन् ।

एक वर्ष अघि भारतका चन्द्र मोहनले समस्याको महसुस गरेका थिए । उनले २० हजार केजी चामल तयार पारेका थिए । त्यो चामलको कतै पनि माग नभए पछि उनका लागि समस्या उत्पन्न भएको हो ।

यसका लागि उनले भारतको उत्तरी राज्य उत्तर प्रदेशबाट धान लगेका थिए । सेरलेक बनाउनका लागि स्थानीय व्यापारीले त्यसलाई लगेका हुन् । जहाजको पोल्यान्डको बन्दरगाहमा लगेर त्यो चामल थन्क्याउनु चार दिन अगाडी मात्र युक्रेन युद्ध सुरु भएको थियो । यसको एक्सचेन्ज मूल्यमा गिरावट आएपछि एकै पटक चन्द्र मोहन तीन छक परेका थिए ।

तीनै ग्राहकले इन्डो पोलिस च्याम्बर अफ कमर्सको खोजी गरेका थिए । त्यसको प्रमुख थिए, चन्द्र मोहन । त्यो जहाज लैजानका लागि चन्द्र मोहन उपयुक्त पात्र ठहरिए । त्यसपछि धान खरिद गरेका चन्द्र मोहनले आफ्नो खाद्य डिजाइनर साथी सार्गीक सुकरमनसँग भेटे । उनैले बियर बनाउने उपाय झिकेका थिए ।

‘मलायली नामको बियर चन्द्रनले पनि सोची रहेका थिए,’ त्यस समयको स्मरण गर्दै चन्द्र मोहनले भने । दुवै दक्षिण भारतीय प्रान्त केरेला बाट आएको थिए । उनीहरूको मातृभाषा मलाय हो ।

सुकुरमनलाई पनि भारतीय संस्कृति झल्काउने किसिमको नाम राख्न मन थियो । त्यस खाले नामले केरेला र भारतको संस्कृतिको नामलाई विश्व स्तरमा चिनाउन सक्छ भन्ने पनि उनलाई नलागेको होइन । दुई जना चामलको टुक्रा प्रयोग गर्न चाहन्थे । चामलको जस्तो नै होस् भन्ने चाहँदैन थिए । यो सोच नयाँ पनि थिएन ।

जापानको पनि झझल्को दिने एक किसिमको बियर त्यहाँ थियो । यस कारण उनीहरू युरोपेली बियर भन्दा फरक किसिमको बियर उत्पादन गर्न चाहन्थे । यस कारण उनीहरू अर्को मलाय भाषीसँग सल्लाह माग्न पुगेको थिए ।

लिजो फिलिपले कोरोना महामारी सुरु हुनु अगाडी नै अर्को एउटा ब्रान्ड ल्याएका थिए । सो ब्रान्डको नाम कालीकुट १४९८ थियो । कालीकुट केरेलाकै जिल्ला कोजी खोडेको नामबाट राखिएको थियो । उनकै सल्लाहमा मोहन र सुकरमन आफ्नै किसिमको बियर उत्पादन गर्न सफल भएका थिए ।

पोल्यान्डमा युरोपबाट धेरै बियर पुग्ने गरेका छन् । सबै भन्दा धेरै बुल्गेरियाबाट पुग्ने गरेका छन् । तर यी मध्य कुनै पनि चामलको प्रयोग गरिएको छैन । मोहन स्वादको खासै मेसो पाउँदैनन् । यस कारण बजारमा आउने बियरको टुङ्गो नलागेसम्म सुकुरमन चाखी रहेको थिए । सुकुरमन तेस्रो चरणमा टुङ्गो लागेको बताउँछन् । स्वादको टुङ्गो त लाग्यो । तर, लामो परिणाममा बियर उत्पादन गर्ने चुनौती उनीहरूको सामु छदै थियो ।

सानो मात्रामा बियर बनाउने सामग्री भाडामा लिनुको साटो ब्रुअरी नै चलाउने सोचमा उनीहरू थिए । यस कारण उनीहरू बियरको विक्री वितरणका लागि रेस्टुरेन्टको नै खोजीमा आफूहरूलाई व्यस्त राख्न थालेका थिए । यसै बिच उनीहरू बियरको नाम तय गर्न नजिक पुगेका थिए । त्यस समयमा यसको नेतृत्व तीनै मोहनले गरेका थिए ।

युद्धको समयमा धेरै भारतीयहरू युक्रेनबाट भागेर पोल्यान्ड पुगेका थिए । पोल्यान्डमा रहेकाहरूलाई मोहनले सहयोग गरी रहेका थिए । सबै भारतीयहरू सो समयमा चन्द्र मोहनसँग सम्पर्क गर्न रुचाउँथे । त्यहाँ आउने धेरै जना केरलाबाट भएका कारण मलायी नाममा उनीहरू भावुक थिए ।

यसैले उनीहरूले नाम मलायली बियर सही ठाने । केरेलाको परम्परागत नृत्य कथाकालीको रूपलाई चित्रित गर्दै उनले बियरको लेबल डिजाइन गर्न थाले । अभिनयका बादसाह मोहनलाल र त्यहाँको चस्माको प्रयोग गर्दै उनले राज्य प्रतिको प्रेम झल्किने काम गरेका थिए।

त्यस पछि उनीहरूले पहिलो लक्ष्य विवाह उत्सवलाई बनाएका थिए । त्यसै उत्सवमा उनीहरूले डिल गर्न थालेका थिए । सो डिलकै कारण उनीहरूको व्यापार अगाडी बढ्न थालेको थियो । उनीहरूको पहिलो लक्ष्य पोल्यान्डमा रहेका आप्रवासी भारतीयहरू थिए ।

अहिले सुकरमन प्रमुख रहेको मलायाली स्पिरिटले एसियाली भारतीय एजेन्सीसँग सम्झौता गर्दै प्रत्येक दुई महिना २ हजार ४ सय लिटर बियर प्रदान गर्ने भएको छ । कम्पनीले हालसालै ५० हजार लिटर बियर विक्री गरेको जनाइसकेको छ । मोहनका अनुसार अहिले युरोप र अमेरिकाका धेरै स्थानबाट सो बियरको माग भइरहेको छ ।

पोल्यान्ड र युक्रेन समा जोडिएका स्थान हुन् । गत वर्ष रुसले युक्रेन माथि हमला गर्ने बित्तिकै धेरै जना भारतीयहरू युक्रेन छाडेर पोल्यान्ड पुगेको थिए । भारत सरकारले पनि त्यहाँको सम्पूर्ण काम छाडेर किभमा रहेका राजदूतावास समेत बन्द गरेर पोल्यान्ड लगिएको थियो । रुसले आक्रमणको सुरुवातमा पोल्यान्डको सीमामा रहेको लिभलाई निसाना बनाएको थियो ।

युद्ध सुरु भए यता भारतीयहरूले धरै दुख भोगेका थिए । युक्रेनबाट पोल्यान्ड जानका लागि दैनिक ८ घण्टा समेत हिँडेको समाचार प्रकाशमा आएका थिए । भारत मात्र होइन विश्व समुदायले नै त्यस युद्धका कारण भोगेको धेरै संकट छन् । खासमा ऊर्जा संकट र खाद्य संकट अहिले पनि संसारका धेरै देशमा देखिएको छ । रुस र युक्रेनकै युद्धकै कारण अन्य धेरै देशको आर्थिक अवस्थालाई समेत प्रतिकुल प्रभाव परेको छ ।

आप्रवासी माथि फरक फरक प्रभाव परेको छ । सन् १९९० मा भएको युगोस्लाभ वारको समयमा धेरै आप्रवासी छिन्न भिन्न भएका थिए । त्यस पछि आप्रवासीको जीवनमा ३० वर्ष पछि यो समस्या आएको हो ।

१४ फेब्रुअरीका दिन रुसले आक्रमण गरे पछि धेरै जना सीमाका देशहरूमा पुग्नु स्वाभाविक थियो । पोल्यान्ड र अस्ट्रिया नै धेरैका गन्तव्य बनेका थिए । यसै बिच १२ मार्चका दिन त्यसरी आउने आप्रवासीलाई व्यवस्थित गर्न नै नयाँ ऐन ल्याएको थियो ।

नयाँ ऐन अनुसार तत्कालका लागि पोल्यान्डको भिसा नभए पनि हुने थियो । पोलिस सरकारले प्रवेश गरेर भिसा प्रक्रिया अघि बढाउने अवसर प्रदान गरेको थियो । पोल्यान्डले त्यसै युद्धको समयमा नयाँ विदेशी नीति पनि लिएको थियो । युक्रेनमा रहेको दक्ष जनशक्ति पनि पोल्यान्ड भित्रिन थाले त्यहाँ केही नयाँ व्यवसायको सोच पनि सरकारका सामु आएको थियो । यसै बिच आइटी सेक्टरलाई प्राथमिकता दिँदै नयाँ योजना अघि बढाइएका हुन् ।

युद्धमा यी यावत दुखका बिच पनि सम्भावनाको खोजी गरेका भारतीय लक्ष्य भने उनीहरूकै बियरलाई केही वर्षमा संसारको हरेक स्थानमा लैजाने नै छ ।

(श्रोत : बीबीसी, हिन्दु, आइबिया नेट)

धेरै कमेन्ट गरिएका