कम्युनिष्ट सरकारले युवाहरू‌लाई विदेशिन बाध्य बनायो

सेयर गर्नुहोस

युवा विचार …

साधरणत: बैदेशिक रोजगारको निम्ति पलायन हुने नेपाली नागरिक को संख्या अधिक रहने गरेको छ । यद्धपि प्रचण्ड नेतृत्व र के पी ओली अधिनस्त कम्युनिस्ट सरकारकाे उदय पश्चात् याे संख्या अप्रत्याशित तवरले चुलिएको छ । नेकपा एमालेले विभिन्न समयमा रोजगारको अनेकाैं बाचाहरु राखे तापनि आफ्ना शासनकालमा यस विषय प्रति कुनै ठोस कार्य गरेको भने पाइन ।

भाई-भतिजावाद , नाता गोता र कार्याकर्तालाई मात्र राज्यको सुविधा उपलब्ध गराउने हाेडमा नेकपा एमालेले एउटा नयाँ रेकर्ड नै कायम राखेको छ । मन्त्रि, सचिव देखि लिएर तल्लो ओहोदाको कर्मचारिसम्म आफ्ना कार्यकर्ताहरु‌लाई मात्र नियुक्त गर्ने एमाले प्रवृर्तिका कारण देशका युवाहरूमा एक प्रकारको निराशाको लहर छाएको छ । नेपाली युवा जमात खाडी मुलुकमा गएर आफ्नो खुन पसिना बगाउन, परिवार देखि टाढा पुगेर कष्टमय जिवन यापन गर्न, पलायन हुने कतिपय अवस्थामा मर्न समेत बाध्य भएका घटना दिनहुँ दिन पत्रिकातिर देख्न- पढ्न र रेडियाे टिभीमा सुन्न पाइन्छ । देशका युवा – जमात‌लाई खोक्रो राष्ट्रीयताको नाममा दिगभ्रमित गर्नु, पार्टीका काममा दुरुपयोग गर्नका अतिरिक्त ओली नेतृ एमालेले केही गरेको पाइन्न भर्खरै मात्र परराष्ट्र मन्त्रालयको तथ्य अनुसार धेरै संख्यामा युवा जनशक्ति बिदेशिएका छन यसरी विदेशिने दर बढ्दै गएपछि बिकराल समस्या बनेकाले देशको निम्ति एउटा चिन्ताजनक बिषय बनेकाे छ ।
एक तबरले हेर्दा सरकारले बिदेशी मुलुकलाई आफ्नो युवा शक्ति बेचेर देश बेच्ने कार्य गरिरहेको छ। त्यसैक ए सरकार सक्छौ भने, खोक्रो राष्ट्रबादको साटो आफ्नो नागरिक लाई पलायन हुन बाट बचाउने काम गर।

– अंकित कुमार श्रीवास्तव

Facebook Comments Box