२८ भाद्र २०८१, शुक्रबार

कपिलवस्तुमा ५ नगरपालिका र ६ गाउंपालिका बनाउने सर्बदलीय सहमति , एमाले र माओवादी असहमत ।।


untitled

कपिलवस्तु टाइम्स /कपिलवस्तु । कपिलवस्तुमा जनसंख्याको मापदण्ड नपुगेका नगरपालिकामा गाविसहरु थपेर ५ वटा नगरपालिका र ६ गाउंपालिका बनाउने सर्बदलीय सहमतिले भएको छ ।
कपिलवस्तु न.पा.मा धनकौली, दोहनी र धरमपनिया गाभिएका छन् । बाणगंगाबाट पटना र हथौसा झिकिएका छन् । जस अनुसार कपिलवस्तु न.पा.को तौलिहवा, वाणगंगा न.पा.को जितपुर, बुद्धभूमिको बुड्ढी हनुमानचोक, शिवराज न.पा.को चन्द्रौटा र कृष्णनगरको वहादुरगंजमा नगरसदरमुकाम तोकिएका छन् । त्यसैगरि बुद्धवाटीका र भृकुटी सहितका महुवा मानपुर ,वलरमवापुर गाविस मिलाइएर बुद्धभूमि नगरपालिका बनाउने सिफारिस भएको छ ।

अरु सबै सहमति सर्बदलीय रुपमा सर्ब सहमतिका साथ गरिएका हुन् भने वाणगंगा नगरपालिका फुटाउंदै हथौसा र पटनालाई गाउंपालिकामा समाबेश गर्ने निर्णय वहुमत दलले गरेको वताइएको छ । स्थानीय निकायको सिफारिस गर्न गठित जिल्ला प्राविधिक समितिको आयोजनामा भएको सर्बदलीय बैठकमा एमाले र माओवादी केन्द्रको नगर फुटाउने विषयमा फरक मत रहेपनि ११ वनाउनेमा भने सर्ब सहमति भएको हो । जस अनुसार वाणगंगाका पटना र हथौसालाई फुटाएर फुलिका जहदी र निग्लीहवा समाबेश गर्दै पचेहरालाई गाउंपालिकाको सदरमुकाम तोकिएको छ । बैठकमा सहभागि एमालेका अध्यक्ष झविलाल पोख्रेलले जनसंख्या नपुगेका नगरपालिका र नगरमा गाविसहरु मिलाउन एमालेको पूर्ण सहमति भएपनि नगरपालिका भैसकेका ठाउंलाई गाउंपालिकामा झार्नु एक प्रकारको प्रतिगमन भएकाले एमाले त्यसको कडा विपक्षमा उभिने स्पष्ट पार्नु भयो ।
जिल्ला प्रविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले भने ठूला मध्येका २ दलले असहमति जनाएकोले ती दलका फरक मत सहित ११ निकायको सिफारिस केन्द्रमा पठाइने वताउनु भयो । उहांले भन्नु भयो —भएका निर्णय प्रति पश्चाताप गर्नु पर्ने स्थिती छैन अझै नमिलेकालाई मिलाउन स्थानीय निकाय टुंगो लगाउने केन्द्रीय आयोगवाटै समाधान खोजिनु पर्छ ।

६ वटा गाउंपालिका अन्तर्गत पकडी केन्द्रमा पकडी, डुमरा, हरनामपुर, अभिराव, वलुहवा, पिपरा र विजुवा गरी ७ गाविस समाबेश भएका छन् । लवनी केन्द्रमा लवनी, पतेरीया, नन्दनगर, वासखोर, विठुवा र हथिहवा गरी ६ गाविस समाबेश भएका छन् । निग्लीहवाको पचेहरा केन्द्र हुनेगरी पटना, हथौसा, फुलिका, जहदी र निग्लीहवा गरी ५ गाविस समाबेश गरिएका छन् । जिल्लाको सुदुरपश्चिमी भेगका शिवगढी, खुरुहुरीया, गुगौली, पत्थरदेहीया र गणेशपुर गरी ५ गाविस मिलाएर बन्ने गाउापालिकाको केन्द्र भटनी प्रेमनगरलाई तोकिएको छ । सौराह, शिहखोर सोमडिह, बैदौली, पर्साेहिया, रंगपुर, तितिर्खी, बसन्तपुर र गौरी गरि ९ गाविस मिलाएर बैदौली केन्द्र तोकिएको छ । त्यसैगरी जनसंख्याको मापदण्ड नपुगेका नगरपालिकामा गाविसहरु थपिएका छन् । जस अनुसार कपिलवस्तु नगरपालिकामा धनकौली,दोहनी, धरमपनिया गाभिएका छन् । शिवराज नगरपालिकामा थुनिया, लालपुर, जवाभारी, विसनपुर गाभिएका छन् । कृष्णनगर नगरपालिकामा वहादुरगंज, भगवानपुर, पुरुषोत्तमपुर, भिल्मी र अजिगरा गाभिएका छन् । बुद्धभूमी नगरपालिकामा साविकका भृकुटी र बुद्धवाटीका सहित महुवा, मानपुर, बलरामवापुर गाविस गाभिएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट