११ बैशाख २०८१, मंगलवार

बोयकट बलिउड’लाई बन्द गराउन याेगीलाई गुहार

काठमाडौँ । अभिनेता सुनील शेट्टीले सामाजिक सञ्जालमा आक्रमक बन्दै गएको ‘बोयकट बलिउड’ (बलिउड बहिष्करण) अभियानलाई अन्त्य गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथलाई अनुरोध गरेका छन् ।

उत्तर प्रदेशमा बन्दै गएको फिल्म सिटीबारे कुरा गर्ने क्रममा शेट्टीले मुख्यमन्त्रीले चाहे उक्त अभियान अन्त्य हुने बताएका हुन् ।
‘ह्यासट्याग लेखेर अहिले जुन बोयकट बलिउड चलिरहेको छ यो बन्द हुन सक्छ, यदि तपाईंले चाहनुभयो भने । अहिलेको समयमा हामी राम्रो काम गर्दछौं भन्ने सन्देश दिन जरुरी छ । एउटा बिग्रेको फल जताततै हुनसक्छ, तर त्यसको अर्थ पूरा फिल्म उद्योग नै नराम्रो भन्न मिल्दैन । अहिले धेरैले बलिउड राम्रो छैन भन्ने बुझेका छन् तर त्यस्तो होइन हामीले थुप्रै राम्रा फिल्महरु गरेका छौं,’ सुनीलको कुरा उद्धृत गर्दै द हिन्दुस्तान टाइम्सले लेखेको छ,’बोयकट बलिउड अभियानलाई हटाउन अब हामी सबै एकसाथ भएर अगाडि बढ्नुपर्छ । यो अभियानलाई कसरी बन्द गर्ने भन्नेतर्फ हामीले प्रयास गर्नुपर्छ ।’

बलिउड विरोधी भावनामाथि प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्न सुनीलले योगीलाई सुझाए । यसअघि अक्षयकुमारले पनि मुख्यमन्त्री योगीलाई भेटेर आफ्नो फिल्म ‘रामसेतु’ हेर्न अनुरोध गरेका थिए । योगीसँगको भेटमा सुनीलले बलिउडका केही कलाकार ड्रग्स सेवनमा फसे पनि ९९ प्रतिशतलाई त्यही नजरले हेर्न नहुने पनि बताए । ‘बोयकट बलिउड’ अभियान बलिउडको ड्रग्स सम्बन्ध, सुशान्तसिंहको मृत्यु अनि नातावादसँग जोडेर हेर्ने गरिन्छ । ‍

धेरै कमेन्ट गरिएका

ताजा उपडेट