१४ बैशाख २०८१, शुक्रबार

बलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

काठमाडौं, ४ पुष । बलिउड अभिनेता विवेक ओवरायले अन्नपुर्ण केबलकारको भ्रमण गरेका छन । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवारसहित केबलकारको भ्रमण गरेका हुन् ।

परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोट सम्म यात्रा गरेका हुन् । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दूश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए । अभिनेता ओवरायलाई अन्नपूर्ण केबुरकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए ।

करिब एक वर्षअघि पोखराको सेदिदेखि साराङ्कोटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबरलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तब्य बनेको छ । केबुलकार विहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुदाँ साराङ्कोटबाट सूर्याेदय हेर्न जाने पर्यटकहरुका लागि समेत थप सहज भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट