१४ बैशाख २०८१, शुक्रबार

वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा

वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको त्यहाँ काम गरेका वैज्ञानिकको खुलासा

काठमाडौं । एउटा आश्चर्यजनक नयाँ खुलासामा चीन वुहान स्थित एक विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गरेका अमेरिकी वैज्ञानिकले कोभिड१९ गराउने कोरोना भाइरस मानव निर्मित भएको र यो प्रयोगशालाबाटै लिक भएको बताएका छन् ।

कोभिड१९ दुई वर्ष पहिले राज्यद्वारा सञ्चालित र वित्त पोषित अनुसन्धान सुविधा वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी)बाट लिक भएको न्यु योर्क पोस्टले बेलायती अखबार द सनमा अमेरिकामा आधारित अनुसन्धानकर्ता एन्ड्र्यू हफको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।

महामारीविद् हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’ मा चीनमा कोरोना भाइरसका लागि अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन्। हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा सार्वजनिक भएको छ ।
न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार हफ संक्रामक रोगहरूको अध्ययन गर्ने न्यूयोर्कमा रहेको गैर लाभकारी संस्था इकोहेल्थ एलायन्सका पूर्व उपाध्यक्ष हुन्।

हफले आफ्नो पुस्तकमा चीनको गेन-अफ-फंग्सन प्रयोगहरू अपर्याप्त सुरक्षा सावधानीका साथ सञ्चालन गरिएको र त्यसैको परिणामस्वरूप वुहान प्रयोगशालामा कोरोना भाइरस लिक भएको दाबी गरेका छन् ।

वुहान प्रयोगशाला कोभिड१९ को उत्पत्तिको बारेमा चर्को बहसको केन्द्र बनेको छ । दुवै चिनियाँ सरकारी अधिकारीहरू र प्रयोगशाला कामदारहरूले भाइरसको उत्पत्ति त्यहाँ भएको कुरालाई अस्वीकार गरेका छन्।

‘विदेशी प्रयोगशालामा उचित जैव सुरक्षा, जैव रक्षा एवं जोखिम व्यवस्थापन सुनिश्चित गर्नको लागि पर्याप्त नियन्त्रणका उपायहरू थिएनन्, अन्ततः वुहान इन्स्टिच्युट अफ भाइरोलोजी प्रयोगशालाबाट चुहावट भयो,’ एन्ड्र्यू हफले आफ्नो पुस्तकमा भनेका छन् ।

एक दशक भन्दा लामो समयदेखि यो प्रयोगशालाले राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच)को लगानीमा चमेरोमा पाइने कयौँ कोरोना भाइरसहरुमाथि अध्ययन गर्दै आएको थियो । सोही क्रममा त्यहाँबाट कोरोना भाइरस लिक भएको यसअघिका आरोपमा यो पछिल्लो खुलासाले थप शङ्का थपेको छ ।

सन् २०१४ देखि २०१६ सम्म इकोहेल्थ एलायन्समा काम गरेका हफले सो गैर नाफामुखी संस्थाले वुहान ल्याबलाई ‘अन्य प्रजातिहरूमा आक्रमण गर्न चमेरोमा हुने कोरोनाभाइरसलाई इन्जिनियर गर्ने उत्तम विद्यमान विधिहरू’ विकास गर्न धेरै वर्षसम्म सहयोग गरेको बताएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट