६ बैशाख २०८१, बिहीबार

लालबाबु राउतलाई फेरि काट्यो अख्तियारले पत्र

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘मधेश मन्थन’ मा भएको खर्चको हिसाब मागेको छ ।

गत आर्थिक वर्षको अन्त्यमा एउटा सञ्चार गृहले ‘मधेश मन्थन’ कार्यक्रमको आयोजना गरेको थियो । त्यसमा मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत केही मन्त्रालय, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश सभा, जनकपुरधाम उपमहानगरपालिका लगायतका सरकारी निकायहरुको नाम प्रायोजकमा राखिएको थियो ।

अख्तियारले निजी संस्थाको कार्यक्रममा सरकारी रकम प्रयोग गरिएकोमा सवाल उठाउँदै विवरण माग गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अख्तियारले त्यसको प्रक्रिया लगायतका जानकारी पनि माग गरेको छ ।

अख्तियारले यसअघि नै मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का दर्जन बढी सरकारी अधिकारी, ठेकेदार लगायतमाथि साइकल खरिदमा भ्रष्टाचार भएको अभियोगमा मुद्दा दर्ता गरिसकेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट