८ आश्विन २०८०, सोमबार

अन्ध विश्वासले कपिलवस्तुमा एक बालीकाको ज्यान गयो

chikanpox_2015311_174232_11_03_2015

सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक १७,

कपिलवस्तुको बलरामवापुर गाविस बडेगाव निवासी ऋषी राम यादवको १५ बर्षीय छोरी अन्जनी यादवले अन्ध विश्वसका करण ज्यान गुमाइएकी छिन । अन्जनी विरामी भएको १२ दिन भएको थियो ।

विरामी भएको १२ दिन वित्दा समेत उनका परिवारले औषधी उपचार गराउन बेवस्ता गर्दै आएका थिए । अर्थिक अवास्था पनि राम्रो भएको ऋषीराम समयमा उपचार गराउन नसकेपछी उनको छोरी अन्जनीको ज्यान गएको हो ।

औषधी गराए माता रिसाउनु हुन्छ भन्दै परिवारहरु धर्मकर्ममा व्यस्ता रहन्थे । उनका परिवारहरुले विहानै उठेर नुहाई धुवाई गरी निमको पातले हम्काने, झार ,फुक गर्ने मै व्यस्त हुन्थे । अन्जनीको शरिरमा सानो सानो फोका निस्कीएको थियो ।

मधेशमा शरिरमा फोका निस्कीयो भने माता जी निस्कीनु भएको छ भन्ने धर्मीक विश्वास अझै जारो गडेर बसेको छ । अन्जनीको शरिरमा फोका निस्कानु माताको सवार भएको अन्धविश्वासले मधेशमा सयौ अन्जनीले अकालमै ज्यान गुमाउनु परेको छ । कतै कुनै उपाय नलगेपछी अन्जनीका परिवारहरुले उनलाई भैरहवा मेडिकल कलेजमा लगेका थिए ।

तर उनलाई अस्पाताल लैजना ढिलो गरीएकोले उनको ज्यान बचाउन नसकेको डक्टरहरुले बताएका छन । डाक्टरका अनुसार अवास्था एकदमै नजुक भैसकेको हुनाले प्रयास गर्दा पनि केहि गर्नै नसकीएको बताए ।

समयमा औषधी भएको भए अन्जनीको ज्यान बचाउन सकिन्थौ तर ढिलो गरी अस्पातालमा ल्याएको डाक्टरहरुले बतँएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट