१५ बैशाख २०८१, शनिबार

कपिलवस्तु ३ मा शाहको सुरुवाती मतगणनामा अग्रता ।।

कपिलवस्तु, मंसिर ३ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका उम्मेद्वार अभिषेक प्रताप शाहले शुरुवात अग्रता लिएका छन ।
अहिलेसम्म २१ सय ९३ मत गणना गर्दा शाहले ७ सय ९९ मत ल्याएका छन । राप्रपाका प्रकाश रजौरियाले ४ सय १६ मत ल्याएर पछ्याइ रहेका छन ।त्यस्तै एमालेका उमेद्वार मंगल गुप्ता ३ सय ६५ मत प्राप्त गरेका छन त्यस्तै जनता प्रगतिशील पार्टीका इश्वर दयाल मिश्रा ३ सय ४३ मत पाएका छन ।
१५१ मत भने बदर भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए । यस क्षेत्रमा ७७ हजार ६९७ मत खसेको हो । प्रदेश सभा सदस्य ३(१) काे मतगणना शुरु पनि शुरु भइसकेको निर्वाचन अधिकृत मरासिनीले बताउनुभएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट