५ जेष्ठ २०८१, शनिबार

चुनाव जित्न विभिन्न जुक्ति गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादव, नक्कली मतपत्र पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न विभिन्न जुक्तिमा लागेका छ्न । भारत तर्फ नक्कली मतपत्र छ्पाई बुथ कब्जा गराई मधेसमा जसरी पनि चुनाव जित्ने जुक्ति गरिरहेको खुलासा हुन थालेको हो  । नक्कली मतपत्र ल्याउने ब्याक्तीको जसपाका मुस्लिम उम्मेदवार सङ कनेकसन जोडिएको हुन सल्ने अनुमान गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार थान नमुना मतपत्रहरुसहित पक्राउ गरेको थियोे ।

पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण जिल्ला नरकटियागन्ज ग्राम पन्चायत वडा नं १४ घर भएका ४० वर्षीय इजाजत अहमद रहेका छ्न । मतपत्र किन र कसको लागि ल्याईएको यस  बारेमा कडा अनुसन्धान शुरु भएको छ । मधेस प्रदेश कुनै बेला जातीयताको दङा गराई पहाडीया भागाव अभियान शुरु गरेको उपेन्द्र यादवले यश पटक कुनै चुनावी एजेन्डा न हुँदा नक्कली मतपत्र मगाउनेमा भारतको बिहारका मुस्लिम समुदायलाई प्रयोग गरि रहेको श्रोतले बताएको छ ।

सशस्त्र प्रहरीको भिखमपुर बीओपीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापा मागरको कमाण्डको टोलीले नियमित जाँच गर्ने क्रममा जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडक खण्डबाट मंगलबार दिउँसो ३ बजेतिर अहमदलाई पक्राउ गरेको हो । भारतबाट बिआर २२ डब्लु ८००२ भारतीय नम्बरको मोटरसाइकल चढी नेपालतर्फ आउँदै गरेका अहमदले मोटरसाइकलमा पछाडिको सिटको भागमा हरियो रंगको बोरा शंकास्पद कागजपत्रहरु बोकी ल्याउँदै गरेका थिए ।

उक्त मोटरसाइकल रोकी इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जाँच गर्दा बोरामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसन्बन्धी १५ हजार थान नमुना मतपत्रहरु फेला परेका थिए । मतपत्र र मोटरसाइकल बरामद गरी अहमदलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको छ । अहमदले ती उम्मेदवारको नाम भने नखुलाएको र यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

जसपा र एमालेका सयुक्त उम्मेदवार जलिम मुखियाको छेत्रमा यो नक्कली मतपत्र परेको हो । अहिले सत्ता गठबन्धन जित्ने भए पछि यस्तो जुक्ती लगाउन लागेको होला एक जना नेताले बताएका हुन । उपेन्द्र यादवको पार्टीले जस्तो पनि उपायहरु आपनाउन अग्रसर रहेको हो । आफ्नो उम्मेदवारलाई जिताउन का लागि पैसा पनि व्यापक रूपमा मतदातालाई दिएको हो कि चर्चा छ ।

प्रहरी प्रशासन उअस जातीय दङा गराए कडा कार्यवाही गर्ने बताउँदै आएको छ । यश पटक यादव विभिन्न जुक्ती गरे पनि जित सुनिस्चित गर्न नसकेको श्रोतले बताएको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट