१४ बैशाख २०८१, शुक्रबार

शाहकाे अन्तिम दिनकाे प्रचार आफ्नाे किल्लामा

कृष्णनगर , मंशीर १ । सत्ता गठबन्धनका प्रभावशाली उम्मेदवार अभिषेक प्रताप शाह प्रचार-प्रसारकाे अन्तिम दिन शाहकाे किल्ला मानिने कृष्णनगर र बहादुरगंज मै केन्द्रित भएका छन ।

मंशीर ४ काे निर्वाचन नजिकदै जांदा उम्मेदवारहरु घरदैलाे र जनसभामा व्यस्त रहेका छन । कपिलवस्तु क्षेत्र ३ का निवर्तमान सांसद अभिषेक प्रताप शाह पनि चाैथाे पटककाे प्रत्यक्ष जीतका लागि सबै शक्ति लगाउनमा पछाडि छैन्न ।उनी क्षेत्रमा अधिकांश ठाउंकाे घर दैलाे र जनसभा गरि अहिले शाह परिवारकाे किल्ला मानिने कृष्णनगर र बहादुरगंज केन्द्रित भएका छन ।
पहिला निर्वाचनमा बहादुरगंजकाे अधिकांश भाेट अभिषेक प्रताप शाहलाई नै जाँदै थियाे भने यसपाली पनि दाेस्राे पटक नगरप्रमुखमा निर्वाचित रजत प्रताप शाहकाे पनि प्रभाव रहेकाले भाेट थपिन सक्ने अनुमान छ ।
आज दिनभरि कृष्णनगर र बहादुरगंजकाे घरघरमा पुगेर भाेट माग्दै गरेका शाहलाई मतदाताले सानाे बच्चासमेतकाे कुरा सुनिदिने नेतालाई पटक पटक जिताउने बताए । घरदैलाेमा युवासमुहका मतदाताकाे बाक्लाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट