२८ भाद्र २०८१, शुक्रबार

नेपालका बालबालिकाहरुलाई सहयोग गर्न राष्ट्रपती मुखर्जीसगं राष्ट्रीय मदरसा संघ नेपालको अनुरोध

madrash-sang

सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक १७
राष्ट्रीय मदरसा संघ नेपालले भारतका राष्ट्रपती नेपाल आउनु धेरै खुसीकोे अवसर भएको बताएको छ । साथै दुइ देश विचको सम्बन्ध पनि अझ प्रगाढ रहेको जानकारी दिएको छ । अहिले सम्म नेपाल र भारत विचको अत्मीयताले गर्दा नेपालको रोटी बेटीको सम्बन्ध रहेको भन्दै भारतीय राष्ट्रपती नेपाल आउनु निकै खुसीको अवसर भएको जानएको छ ।
राष्ट्रीय मदरसा संघ नेपालले विज्ञाप्ती निकालेर इतिहासमा हेर्ने हो भने नेपाल भारतको सम्बन्घ शदिऔ देखी चल्दै आएको पाइन्छ । अहिलको अवास्थामा नेपाल, भारतको विशेष महत्वका साथ हेरिएको छ । नेपालका प्रधानमन्त्री भारत जानु र भारतका प्रधानमन्त्री तथा राष्ट्रपती नेपाल आउनु निकै राम्रो कार्य भएको बताइएको छ । यसले दुई देश विचको सम्बन्धलाई र नेपालको विकासमा समेत महत्वपुर्ण भुमिका खेल्नेछ ।
सन १९९७ सालमा तत्कालिन भारतका राष्ट्रपती नेपाल आएको यो दोस्रो पटक १८ बर्ष पछी भारतका राष्ट्रपती नेपाल आएका हुन । भारतका राष्ट्रपती नेपाल आउनु भनेको दुई देशमा अमन चयन शान्ती कामय हुनु विज्ञाप्तीमा उल्लेख गरिएको छ । दुई देशमा विकासको लहर समेत अघी बढन सम्भावना बढेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अल कÞूफी र राष्ट्रीय महासचिव मौलाना मशहूद खान नेपालीद्धारा हस्ताक्षरित विज्ञाप्तीमा लेखीएको छ कि हामी अल्पसंख्यक मुस्लीमहरुको तर्फबाट राष्ट्रपति प्रणब मुखर्जीको नेपाल यात्राको लागि हार्दिक स्वागत तथा अभिनन्दन गर्दछौ ।
विज्ञाप्तीमा लेखीएको छ ,हामी भारतीय राष्ट्रपतिसग अनुरोध गर्दछौ कि मुस्लिम समुदाय जुन नेपालमा पछी परेका छन । साथै राष्ट्रीय मदरसा संघ नेपालले भारतले गर्दै आएको नेपालको शिक्षा लागानीमा मदरशाको लागि पनि केहि अर्थिक सहयोग गर्न माग गरेको छ । भारतले सहयोग गर्दै आएको रकमबाट मुस्लीम बालबालिकाहरुलाई केही पनि पाएका छैनन त्यसैले मदरशाका लागि पनि कोषा खडा गर्न अनुरोध गरेको छ । उनिहरुको स्तार उकास्नाका लागि व्यापार, शिक्षा ’सुरक्षामा विशेष किसीमको योजनामा सहयोग गर्न अनुरोध गरिएको छ ।
विश्वको सबै भन्द बढी मुस्लिम अल्पसंख्यक देश भारतको राष्ट्रपतिको स्वागत गर्दे नेपालको अल्पसंख्यक पनि खुशीका साथ नेपालमा बासो बास गरिरहेको उल्लेख गरिएको छ । साथै नेपाल सरकारले सार्वजनिक विदा दिएको पक्ष धैरे सकाराात्मक पक्ष भएको बताइएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट