२२ मंसिर २०७९, बिहीबार

केपी ओलीकाे रावलमाथिकाे राजनीतिक हमला , पश्चिममा एमालेले घाटा वेहाेर्नुपर्ने संकेत काठमाडौं, २९ कार्तिक । एमाले अध्यक्ष

काठमाडौं, २९ कार्तिक । एमाले अध्यक्ष केपी ओलीकाे पश्चिमका लाेकप्रिय नेता मध्ये एक भीम रावलमाथिकाे राजनीतिक हमलाले कर्णालीमा एमालेले घाटा वेहाेर्नुपर्ने संकेत देखिएकाे छ ।

नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूले अहिलेपनि पार्टीको विरोध नगरेको स्पष्ट पारेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिको विरुद्धमा आवाज उठाएको उनको दाबी छ । आज एउटा टिभी कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता रावलकाे विराेधले कर्णाली प्रदेशमा एमालेलाई धक्का लाग्ने संकेत देखिन्छ ।
त्यस्तै रावलले अध्यक्ष ओलीले आफूमाथि राजनीतिक प्रहार गरेपछि त्यसको जवाफमा बोलेको स्पष्ट पारे । उनले आफूलाई पार्टीले अहिले चुनावलक्षित कुनै जिम्मेवारी नदिएको बताए । उनले आफूले एमालेको विरुद्धमा एउटापनि विरोध गरेको भए देखाउन ऋषि धमलालाई चूनौति दिए । उनले भने,‘मैले एमालेको विरोधमा एक शब्दपनि बोलेको छैन् । ओलीजीले अब भीम रावल बुढो भयो, यस्ता रावल कति छन् कति ? भनेर भन्न मिल्छ ?

धेरै कमेन्ट गरिएका

ताजा उपडेट