१३ बैशाख २०८१, बिहीबार

क्षेत्रका युवा मेराे शक्ति हुन : नेता शाह

कार्तिक ३०, कपिलवस्तु। कपिलवस्तु जिल्लामा निर्वाचनकाे शरगर्मीका बीच गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले युवा समूह आफ्नाे शक्ति रहेकाे जिकिर गर्नुभएकाे छ ।
कपिलवस्तु क्षेत्र ३ काे प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका गणेश जिसीले समर्थन गरेपछि युवा वर्गमा व्यापक समर्थन रहेकाे निवर्तमान सांसद शाहकाे भनाई छ ।
क्षेत्र ३ का पार्टीका उम्मेदवारहरू चुनावमा आ-आफ्नो एजेण्डा सहित घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन। यसै गरि प्रतिनिधि सभा ३ का र उम्मेदवार अभिषेक प्रताप शाह पनि आफ्नो समर्थक तथा नेता कार्यकर्ता लिई निर्वाचनमा सक्रिय छन्।नेता शाहको नेतृत्व मा कृष्णनगर, विजयनगर शिवराज तथा महाराजगंज पालिकाको विभिन्न स्थानमा घरदैलाे कार्यक्रम गरिएकाे छ ।

नेपाली कांग्रेस निकट नेता शाह प्रतिनिधि सभा सदस्य बनाउन युवा वर्गमा धेरै लाेकप्रियता रहेकाले अन्य उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेकाे छ । नेता शाहलाई क्षेत्रका जनताले तीन पटक विजयी गराईसकेको तथा आफूलाई पुनः जनताले विजयी बनाउने विश्वास व्यक्त गरे । आफूले क्षेत्रका युवाहरूको शिक्षा तथा युवा राेजगार सृजनामा विशेष ध्यान दिदै स्वास्थ्य तथा कृषि क्षेत्रमा योगदान दिने बताए । शाहले युवाप्रति समर्पण र सहकार्यले निकै नै लोकप्रिय एवं सफल उमेमदवार बन्दै गएकाे चर्चा बढदै गएकाे छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट