नया“ यान्त्रिक प्रविधि कम्बाइन हार्भेष्टरले धान भित्रयाउ“दा समय, श्रम र लागतमा बचत हुने भएकाले यस तर्फ किसानहरु आकषिर्त भएका हुन् । धान काट्ने, केलाउने र परालको व्यवस्थापन एकैपटक गर्ने भएकाले यस कपिलवस्तुमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको हो ।
मजदुरको समस्याबाट पीडित हुने गरेका यस भेगका किसानले समयमा धान भित्रयाउन नसक्दा थप नोक्सानी व्यहोरिरहेका थिए । कम्बाइन हार्भेष्टरको प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरु उत्साहित भएको किसानहरु बताउ“छन् ।
अहिले गाउ“मै कम्वाइन हार्भेष्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको बरइपुरका किसान तिलकराम यादवले बताउनु भयो ।
परम्परागत तरिकाभन्दा यो प्रविधिले धान भित्रयाउ“दा लाग्ने खर्चमा लगभग र्दुइ तिहाई बचत, श्रम र श्रमिकको बचत तथा समयमा धान भित्रयाउन सकिन्छ । भाडामा लिएर गत वर्षकरिब तीन बिगाहामा जग्गामा यो मेसिनको प्रयोगले धान भित्रयाउन पाउ“दा परम्परागत तरिकाभन्दा झन्डै २५ प्रतिशत लागतमा कमी आएको यादवले बताउनुभयो ।
परम्परागत तरिकाभन्दा यो प्रविधिको प्रयोगले समयमा धान भित्रयाउन सकिने तथा धान काट्ने, दाइँ गर्ने र केलाउने खर्चमा झन्डै र्दुइ तिहाइ बचत हुने हुँदा यो मेसिन किसानका लागि अत्यन्त उपयोगी र प्रभावकारी भएको बहादुरगन्जका किसान अबबर मोहम्मदले बताउनु भयो । पछिल्लो समयमा तराईका जिल्लाहरुमा कम्वाइन हार्भेष्टर मेसिन किसानहरुको आकषर्ण बढ्दै गएको कृषि कार्यालाय कपिलवस्तुले जनाएको छ ।
3