१३ बैशाख २०८१, बिहीबार

देउवाको पालामा विद्युत् निर्यातमा फड्को

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा नेपालले विद्युत् निर्यातमा ठुलो उपलब्धि हासिल गरेको नेपाली कांग्रेसले बताएको छ ।
भारत नेपालको बिजुलीको मुख्य बजार हो । यसका लागि प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ऊर्जा सम्झौता गरेका थिए । सम्झौता अनुसार नेपालले भारतलाई हाल दैनिक करोडौँको बिजुली विक्री गरिरहेको छ।
यस कुरामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि सहमति छ । कार्यकारी निर्देशक घिसिङले भारतसँग नेपाल सरकारले पहिलो पटक देउवाकै पालामा विद्युत् निर्यात गरेको बताउँछन् । उनी भन्छन्,’ नेपालको जलविद्युतलाई भारतमा निर्यात गर्न सक्यौ । यो ठुलो उपलब्धि हो । यो निर्यात चाहिँ यही सरकारको पालामा सुरु भयो ।’

नेपालसँग विद्युत् उत्पादनको असीमित सम्भावना छ । नेपालमा आफुले पुग्ने मात्रै होइन अन्य देशलाई बेच्ने गर्ने गरि विद्युत् उत्पादन क्षमता राख्छ तर यो सम्भव भइरहेको थिएन ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा यहाँ जति बिजुली उत्पादन हुन्थ्यो त्यसले नेपालको माग मात्र धान्यो, बेच्न पुग्दैन थियो । देउवा सरकारले उत्पादन बढाएर बिजुली बिक्री गर्ने लक्ष्य लिएसँगै यो अवस्थामा पुगेको कांग्रेसको दाबी छ ।

निर्देशक घिसिङ भन्छन् ,’ ‘ऊर्जा उत्पादनमा ठुलो उपलब्धि भएको छ । जल विद्युत् उत्पादनमा करिब ८५५ मेगावाट भएको रहेछ । यो हाम्रो १०५ वर्षमा चाहिँ जलविद्युतको उत्पादन ८५० मेगावाट जति थियो । एकै वर्षमा चाहिँ हामीले त्यति उत्पादन गर्न सक्यौ । त्यो ठुलो उपलब्धि हो ।’

धेरै कमेन्ट गरिएका

ताजा उपडेट