छमछमी कला समुहद्धारा आनाथ बालबालिकाको सहयोगका लागि देउसी भैलो

सेयर गर्नुहोस

सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक १६
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको छमछमी कला केन्द्रले आनाथ बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्यले देउसी भैलो खेलेको छ । suman-bhai

आधुनिक जमानामा आप्नो कला सस्कृती जोगाउदै भैलो खेलीरहेको छमछमी कला केन्द्रको सयोजक तथा भैलो समुहका व्यवस्थापक सुमन पौडेलले बताउनु भयो । उहाले सबैले आनाथाको सहयोग गर्न समेत अनुरोध गर्नु भएको छ ।

जाडो यममा बालबालिकाहरुलाई न्यानो लुगा सहयोग गर्ने सबै पिकनिक, बाटो घाटो , भवन निर्माणको नामा दुरुपयोग गरेको भन्दै अब आनाथा टृहुराहरुलाई पनि सहयोग गर्नु पर्ने गायक तथा सहसंयोजक दिपक भण्डारीले बताउनु भयो । साथै उहाले आप्नो कला संस्कृतीको सरंक्षण र समृद्ध समाजको निर्माण बनाउनु पर्ने भन्दै चेतनामूलक देउसी भैलो खेलेकोे बताउनु भयो ।

भैलो कार्यक्रमा नेपाली मौलिक कला संस्कृती झल्कीनेृ खलका पोसाक, विदेशीने युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने भन्दै भट्याएका थिए ।
छमछमी कला समुहद्धारा ३५ जना युवा, तथा युवातीहरु देउसी भैलो खेलीरहेका छन ।
यसरी देउसी भैलो खेलेर संकलन भएको रकम आनाथ बालबालिकाहरुका लागि खर्च गरिने छमछमी कला केन्द्रको सयोजक तथा भैलो समुहका व्यवस्थापक सुमन पौडेलले बताउनु भयो । केही वर्ष पहिले पनि सामूहिक देउसी भैलो खेलेर छमछमी कला केन्द्रले विभिन्न ठाउमा सहयोग गर्दे आएको छ ।
सामाजिक कार्यमा आर्थिक संकलन गर्नका लागि उपयोगी माध्यम बन्दै गईरहेको छ, देउसीभैलो । ’देउंसी भैलो हाम्रो मौलिक परम्परा हो, चन्द्रोटाका मुकुन्द पाण्डे भन्छन,’ परम्परालाई जीबन्त राख्न र समाजमा खड्कीएका आबश्यकता पुरा गर्न देउसीभैलोको प्रयोग राम्रो पक्ष हो ।’
मनोरञ्जनका लागि मात्रै खेलिने देउसीभैलो हिजोआज ठुलो समुह बनाएर खेल्न थालिएको छ । बालबालिका बालक्लब मार्फत, यूवाहरु यूवा क्ल्ब र आमाहरु आमा समुहमा आबद्ध भएर देउसी भैलो खेल्ने चलन बढ्दो छ ।
लक्ष्मीपुजाको दिनदेखि भैलो र भाईटिकाको दिनमा देउंसी खेल्ने परम्परा भएपनि हिजोआज शहरमा भने तिहार शुरु भएसँगै भैलो खेल्ने चलन पनि बढ्दै गएको छ ।

Facebook Comments Box