पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न ।।
सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक १६
कपिलवस्तुको रामनगर झिगाहमा रहेको दिगो युवा विकास क्लबको पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

एम्बुुलेन्स खरिद सहयोगार्थ लक्की ड्रा उपहर कार्यक्रको उपहर वितरण भव्य रुपमा सम्पन्न भएको छ । कुल २६ सय चिठ्ठा वितरण भएको थियो जस मध्ये प्रथम सेर बहादुर यादवले प्रथम भई मोटरसाइकल पुरस्कार पाउनु भएको छ ।
ब्राम्हनन्द मौर्य दोस्रो भई फ्रिज पाउनुभएको छ । सो े पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको प्रमुख अतिथीमा कपिलवस्तु क्षेत्र नं ४ का संसद सुरेन्द्रराज आचार्याले पुरस्कार वितरण गर्नु भएको थियो।
अन्य अतिथिहरुमा सदभवाना पाटीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रविदत्ता मिश्रा, समाजसेवी शैलेश प्रताव शाह, राम प्रकाश चौधरी लयागत रहनु भएको थियो ।
दिगो युवा विकास क्लबका अध्यक्ष धमेन्द्र चतृर्वेदीको अध्यक्ष्ता, शिव प्रसाद यादवको स्वागत र देवानन्द ठाकुरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको सहकर्मी निरहु यादवले बताउनु भयो ।