२२ मंसिर २०७९, बिहीबार

नेपाली भाषी भारतीय कथाकार ‘गुप्त’ काे निधन

एजेन्सी ।
नेपाली भाषी प्रसिध्द भारतीय कथाकार गुप्त प्रधानको निधन भएको छ । भारतको दार्जिलिङस्थित आफ्नै निवासमा बुधबार बिहान उनको निधन भएको हो । विसं. २००२ मा ब्लुमफिल्ड, दार्जिलिङमा जन्मिएका कथाकार प्रधान लामो समयदेखि डिप्रेसनबाट पीडित रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सन् १९६५ मा ‘जनदूत’ पत्रिकामा बनिदेऊ शीर्षकको कविता प्रकाशित गरी साहित्य लेखन प्रारम्भ गरेका उनका ‘मान्छे मान्छेकै बस्तीभित्र,’ ‘अक्षरै अक्षरको सहर,’ ‘विराम चिन्हहरू,’ ‘जूनका अनुहारहरू’ लगायतका कथासङ्ग्रह प्रकाशन र विस्थापन उपन्यासको सहलेखनसमेत गरेका छन् ।

उनको ‘समयका प्रतिविम्बहरू’ कथा सङ्ग्रहले २०१५ मा भारतको साहित्य अकादमी पुरस्कार प्राप्त गरेको थियो भने नेपाली साहित्यको संरक्षण, संवर्द्धन र विकासमा महत्त्वपूर्ण योगदान गरेबापत सन् २०२० मा परदेशी साहित्यिक पत्रिकाले परदेशी गुप्त प्रधान अभिनन्दन ग्रन्थ प्रकाशन गरी सम्मानसमेत गरेका थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट