सिप बिकास तालिममा फार्म भर्नको लगी आव्हान

कमलेश गुप्ता/बहादुरगंज,फाल्गुन १५।
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वार्ड नं ९ बहादुरगंज मा रहेको राम गोरखा मा.बि.मा CTEVT को आर्थिक सहयोगमा छोटो अवधिका सिप बिकास तालिम निःशुल्क संचालन हुन गई रहेको छ । सो सिप मूलक तालिममा च्याउ उत्पादन २० जना, बेमौसमी तरकारी उत्पादन २०जना, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता ४० जना, सामुदायिक पशु सेवा सहायक प्राविधिक २०जना जम्मा गरेर १०० जना रहेको छ। सो तालिममा नेपाली नागरिक भएको, कक्षा ८ उत्तीर्ण भएको, सिप परीक्षण तह १को लागि पहिला कुनै पनि व्यवसायको तालिम नालिएको, व्यवसायको माग बमोजिमको कार्य गर्न सबल भएको ब्यक्तिले नेपाली नागरिकताको फ़ोटो कापी २ प्रति, पासपोर्ट साइजको फ़ोटो २ प्रति, कक्षा ८ उत्तीर्ण गरेको मार्कसीट को फ़ोटो कापी २ प्रति कागजातहरु पेश गरी दरखास्त आव्हान गर्न सक्छन भने कुरा कार्यक्रम संयोजक पारस कुर्मीले जानकारी दिनु भयो। फार्म भर्ने अन्तिम मिति २०७५ साल चैत ५गते सम्म रहेको छ भने कक्षा संचालन २०७५ साल चैत १५ गते देखी ६५ दिन (३९०घण्टा) सम्म राम गोरखा मा.बि. बहादुरगंजमा संचालन हुने कुरा कार्यक्रम संयोजक पारस कुर्मीले बताउनु भयो
