२६ भाद्र २०८१, बुधबार

बिपिएल क्रिकेट टूर्नामेंटकाे उपाधि पुरूषाेत्तमपुरलाई

प्रिन्स मिश्र
कपिलवस्तु माघ ८
बहादुरगंजमा संचालित बिपिएल क्रिकेट टूर्नामेंटकाे उपाधि पुरूषाेत्तमपुरले जितेकाे छ । युवा अमन समाजिक बिकास केन्द्र द्वारा संचालित बिपिएल टूर्नामेंटको फाइनल म्याच पुरूषाेत्तमपुरले ३५ रनले जितेकाे छ। बिपिएल क्रिकेटकाे फाइनल म्याच शिवराज अस्पताल र पुरूषाेत्तमपुर बिच भएकाे थियाे । जसमा पुरूषाेत्तमपुरले निर्धारित १५ अाेभरमा १ सय ३ रन बनाई शिवराज अस्पताल लाई १ सय ४ रनकाे लक्ष्य दिएको अयाेजक सुधीर मिश्रले जनाएका छन। शिवराज अस्पतालले १५ अाेभरमा 10 बिकेट गुमाइ ६८ रन मात्र बनाएकाे थियाे । लक्ष्य पूरा गर्न नसकेकाेले पुरूषाेत्तमपुर बिजयी भएको स्रोतकले जनाएका छन । फाईनल म्याचमा ३१ रन ३ बिकेट लिएका माेसिन खान म्यान अाफ द म्याच तथा सीरिजमा ७७ रन बनाई ९ बिकेट लिएकाे हुनाले म्यान अाफ द सिरिज बटा सम्मानित भएका छन ।बिजेता टिमलाई २१ हजार नगदसहित सिरिज उपबिजेता टिमलाई १५ हजार नगदबाट सम्मानित गरिएको छ ।क्रिकेट टूर्नामेन्टको फाईनल खेलकाे प्रमुख अतिथिमा (रा ज पा )का केन्द्रीय सचिव रबि दत्त मिश्र, बिशिष्ट अतिथि ईप्रका बहादुरगंजका प्रहरी नयाव निरिक्षक रमेश गुरूङ, कृष्णनगर यातायात समितिका सचिव रामदाश चाैधरी , अतिथिमा समाजसेवी अतिकुर्रहमान शाह, भारतकाे बढनी चेयरमैन प्रत्याक्षी सुनिल अग्रहरी, बिद्यर्थी फोरम प्रदेश उपाध्यक्ष निर्भय सिंह ,जिल्ला उपाध्यक्ष बादल सिंह, समाज सेेेवी मनोज मिश्र ,रवि उपाध्यय, सालिक कश्यप, युवा नेता सुन्नी सरदार लगायत अतिथिहरूकाे उपस्थिती रहेकाेे अयाेेजकले जनाएकाे छ ।

 

धेरै कमेन्ट गरिएका