६ जेष्ठ २०८१, आईतवार

कपिलवस्तुमा चालिस किलो चरेस सहित दुई पक्राउ ।।

सनिउल्ला धोबी, कपिलवस्तु माघ ६ ।

कपिलवस्तु प्रहरीले ४० के.जी. लागू औषध चरेस सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई कपिलवस्तु नगरपालिका वडा न.ं १ बहादुरगंज जाने चौकबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत मोतीहारी जिल्ला पुर्वी चम्पारन थाना रक्सौल ग्राम परेवाका ३२ वर्षीय ताहिर अली र सोही स्थान घर भएका हाल कपिलवस्तुको कृष्णनगर डेर बस्ने बर्ष३२ का मोहम्मद आलम रहेको प्रहरीले जनाएको छ ।
आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ परेका २ जनालाई जिल्ला अदालतबाट ५ दिनका लागि थप अनुसन्धान गर्न म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो । चरेस काण्डमा संलग्न अरु व्यक्तिहरुको बारेमा समेत सुक्ष्म अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

धेरै कमेन्ट गरिएका