२५ मंसिर २०८१, मंगलवार

नवौँ कपिलवस्तु माघी महोत्सवको तयारी पुरा

saniulla dhobi
saniulla dhobi

सनिउल्ला धोबी, कपिलवस्तु पुष ३०,
थारु कल्याणकारी सभाको कपिलवस्तुको आयोजनामा हुन नवौँ कपिलवस्तु माघी (खिचडी) महोत्सव को तयारी पुरा भएको आयोजकले जनाएको छ । कपिलवस्तुको चन्द्रौटामा माघ २ गते देखी हुने महोत्सवको आवश्यक सम्पुर्ण तयारी भएको महोत्सवका संयोजक उमाशंकर थारुले वताए ।
चन्द्रौटामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवलाई सव्य भव्य रुपमा सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको थारुले वताए । कपिलवस्तुका ३ वटै क्षेत्रमा क्रमश जिल्ला स्तरीय माघी कार्यक्रमहरु आयोजना गर्ने उनले जनाए । ९ वर्ष सम्म आइपुग्दा थारु समुदायको पहिचानलाई संरक्षण तथा सस्कृतिको जगेर्ना गरेको आयोजकले दावी गरेको छ । माघी महोत्सवमा थारु खानाका परिकार, थारु समुदायको हस्तकला सामाग्री ढकिया र थारु साँस्कृतिक पहिचान झल्किे पहिरन लगायतको नृत्य समेत प्रस्तुत गरिने संयोजक थारुले वताए ।
कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य सुमित्रा थारुले माघी पर्वलाई थारु समुदायले नया वर्षको रुपमा मनाउने गरेको वताइन । कपिलवस्तु जिल्लामा प्रत्येक वर्ष महोत्सव आयोजना गरी थारु समुदायलाई अग्र भागमा ल्याउन प्रयास गरेकोमा जिल्ला कमिटिलाई धन्यवाद दिइन । महोत्सवले स्थानिय कलाकारहरुलाई समेत अवशर प्रदान गर्ने भएकोले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न आयोजकलाई सुझाव दिइन ।
नेपालका विभिन्न जिल्लाहरुमा सभाले कार्यक्रमहरु आयोजना गरेकोले यसले थारु परिकारहरु तथा सामाग्रीहरु लोप हुन वाट वचाउने दावी गरिन ।थारुले सबै समुदायका जातजाति मिलि एक अर्काको चाँड पर्वलाई सकारात्मक सहयोग र सम्मान सहित एकजुट भई सफल बनाउन आग्रह समेत गरिन । महोत्सवमा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने मेलाका मिडिया संयोजक रामअवतार थारुले वताए ।

धेरै कमेन्ट गरिएका