७ जेष्ठ २०८१, सोमबार

फोरम नेपालको राजधानीको विषयमा प्रेस विज्ञाप्ती

saniulla

सनिउल्ला धोबी, कपिलवस्तु पुष ३०,
संघीय समाजवादी फोरम नेपालले प्रदेश नं ५ को राजधानीको स्थान र नामाकरणको विषयमा पे्रस विज्ञाप्ती प्रकाशित गरेको छ । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं तदर्थ समितिले प्रदेश नं ५ को राजधानी सबै जिल्लाका नागरिकहरुलाई पायक पर्ने स्थान र पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने पक्षमा स्पष्ट रहेको प्रेस विज्ञाप्तीामा जनाइएको छ ।
तर केही दिन देखी विभिन्न सञ्चार माध्यममा संघीय समाजवादी फोरम नेपालको नाम जोडेर गलत एवम् भ्रामक समाचार सम्प्रेषण गर्दै आएकोमा आपती प्रकट गरिएको प्रदेश नं ५ का अध्यक्ष अशोक कुमार यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
साथै हाम्रो पाटीका प्रदेश सभा सदस्य सन्तोष पाण्डेको अभिव्यक्तीलाई जोडेर संघीय समाजवादी फोरम नेपालको निर्णय भनी प्रचार गरेकोले प्रेस विज्ञाप्ती मार्फता स्पष्ट पारेको छ ।
साथै प्रदेश सभा सदस्य पण्डेको अभिव्यक्ती पार्टीको आधिकारिक निर्णय नभई प्रदेश सभा सदस्य सन्तोष पाण्डेको निजि विचार भएको प्रेस विज्ञाप्ती मार्फत जानकारी गराइएको छ ।

धेरै कमेन्ट गरिएका