१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस र नेकपाको सिद्धान्तले अवरोध सृजना ः केन्द्रीय उपाध्यक्ष राई ।।

सनिउल्ला धोबी, पुष २८,
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राईले नेपाली कांग्रेस र नेकपाको विभेदकारी नीति तथा सिद्धान्तले समाज परिवर्तनमा अवरोध सृजना गरेकोले सङ्घीय समाजवादी आन्दोलनको विकल्प नरहेको बताउनु भएको छ । सङ्घीय समाजवादी फोरम नेपाल पाल्पाको बगनासकाली गाउँमा प्रथम एकताको अधिवेशनकार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
पाल्पाको झिरुभन्ज्याङमा पार्टीको गाउँ समिति अध्यक्ष द्रोपति सोमैको अध्यक्षता तथा पार्टीको केन्द्रीय उपाध्यक्ष हेमराज राईको प्रमुख आतिथ्य एवं वैकल्पिक केन्द्रीय सदस्य नवीन सुनुवार,केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष अशोककुमार यादवको विशिष्ट आतिथ्यमा सम्पन्न प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले बताउनु भयो । भएको हो ।

कार्यक्रममा प्रदेश समिति सदस्य एवं पाल्पा जिल्ला ईन्चार्ज हरिकला थापा, प्रदेश समिति सदस्य कुमवहादुर घर्ति, हिमानी थापा,सङ्घीय समाजवादी शिल्पीमहासघ प्रदेश ५ अध्यक्ष सावित्रा विश्वकर्मा, समाजवादी युवा फोरम नेपालका सदस्य मेहरमान राना, तारा डिस्वा लगायतकाले पार्टीको नीति तथा सिद्धान्त माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश ५ का सह ईन्चार्ज नवीन सुनुवारले जातिय विभेद र सवैखाले उत्पिडनको अन्त्यका लागि मुलुकमा सङ्घीयताको आवस्यकता परेको कुरामा जोड दिनु भयो । त्यसैगरी अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं प्रदेश ५ का अध्यक्ष अशोक यादवले समाज परिवर्तनको सवैभन्दा उर्जावान शक्ति युवा शक्ति नै भएकोले सङ्घीय समाजवादी फोरम नेपालमा शसक्त भएर लाग्नुपर्ने कुरामा जोड दिनु भयो । जिल्ला समिति सदस्य मिना सोमैको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको संचालन पदम वगालेले गर्नु भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट