मधेशी र मधेश समृद्धीको लागि फोरम नेपाल

pic saniulla
सेयर गर्नुहोस
pic saniulla
saniulla dhobi

सनिउल्ला धोवी, कपिलवस्तु पुष २७,
मधेश र मदेधीको समुन्त विकासको लागि संघीय समाजवादी फोरम नेपालले विशेष योजनाका साथ अघी बढी रहेको एक कार्यक्रमका वाक्ताहरुले जोड दिएका छन । मधेशीको हकअधिकारीको लागि संघीय समाजवादी फोरम नेपालले सधै अग्रीण भुमीका निर्वाह गर्दे आएको वाक्ताहरुले बताएका हुन । कपिलवस्तुको महाराजगंजमा आयोजीत जिल्ला स्तरिय युवा भेलाको सम्बोधन गर्दे मधेशको हितको बारेमा जोड दिएका हुन ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सहजराम यादवले युवाहरु नै मधेशको मेरुदण्ड भएको बताउनु भएको छ । उहाले अन्य पार्टीले युवाहरुलाई वायस गर्दै गएको संघीय समाजवादी फोरम नेपालले युवाहरुलाई अवसर दिएकोले युवाले नै समृद्ध मधेश बनाउन सक्षम रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमा बोल्दै संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का अध्यक्ष अशोक कुमार यादवले मधेशको विकासका लागि युवाहरु अघी बढनु पर्ने बताउनु भयो । उहाले संघीय समाजवादी फोरम नेपालले युवाहरुको लागि विशेष योजना ल्याई समाजमा परिचालन गर्ने बताउनु भयो ।
कार्याक्रम संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षता, प्रदेश सभा सदस्य सहजराम यादवको प्रमुख अतिथ्यिता, राजनितिक सदस्य मगंल प्रसाद गुप्ता, प्रदेश ५ अध्यक्ष अशोक कुमार यादव, प्रदेश मुख्य सचिव अब्दुल रसिद खा लगायतले सम्बोदन गरेको प्रदेश प्रवाक्ता अकरम पठानले जानकारी दिनुभयो । सो कार्यक्रममा राम सेवक यादव, रामु यादव, सन्दिप पाण्डेय, शिव पुजन यादव, गिता श्रीवस्ताव, ओम प्रकाश यादव, चन्द्रिका यादव, कृष्ण कुमार चौधरी, राम वेलास यादव, मनोज यादव, छेदी कुर्मी, हिन्दराज चौधरी, नारायण यादव, अशोनी चाई, राम नयन यादव, निर्भय सिंह, राजाराम यादव, दिपक कुर्मी लगायतको अतिथ्यिता रहेको थियो ।
साथै भेलाले संगठन विस्तार समेत गरेको छ । मोहम्मद हई खानको अध्यक्षतामा २१ सदस्य युवा फोरम नेपाल जिल्ला तर्दस समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा उदयभान यादव र राम सुरेश यादव, सचिव सुनिल कुमार हरिजन, सहसचिव राकेश यादव, कोषाध्यक्ष महन्त केवट लगायत २१ सदस्य जिल्ला युवा फोरम नेपाल समिति गठन गरिएको छ ।

Facebook Comments Box