भारतका नयाँ प्रधानन्यायाधीश ललितले लिए सपथ

नयाँ दिल्ली –भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन्।
तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उहाँले शनिबार बिहान सपथ ग्रहण गरेका हुन् ।
उहाँलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ गराएक थिए । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बनेका छन् ।
उहाँको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहने भएको छ । झण्डै तीन महिने कार्यकालमा उहाँले तीन कामलाई प्राथमिकता दिने बताए ।
अवकाश प्राप्त प्रधानन्यायाधीशलाई बिदाई गर्न आयोजित कार्यक्रममा नवनियुक्त प्रधानन्यायाधीश ललितले मुद्दालाई सरलीकृत गर्ने, छिटो छिटो टुङ्ग्याउने र पारदर्शी बनाउने जानकारी दिएका थिए ।
उनी न्यायाधीश हुनु अघि भारतमा चर्चित अधिवक्ता थिए । अधिवक्ता मध्येबाट न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुने उनी दोस्रो व्यक्ति हुन् ।
Facebook Comments Box