कपिलवस्तुका रहिस शाह नेसपाको केन्द्रिय सदस्यमा चयन

सेयर गर्नुहोस

कपिलवस्तु-पुर्व प्रधानमन्त्री बाबुराम भटराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको केन्द्रिय सदस्यमा युवानेता रहिस शाह चयन हुनुभएको छ । बाबुराम भटराई जसपा छोडेर नेपाल समाजवादी पार्टी स्थापना गरेका थिए । विगत लामो समय देखी जनता समाजवादी पार्टीमा रही योगदान गरेका रहिश शाह बाबुराम भटराई सगँै नेपाल समाजवादी पार्टीमा गएका थिए ।

रहिशको कार्यशैली र पार्टी प्रतीको लागव देखेर केन्द्रिय सदस्य पदमा मनोनित तथा चयन गरिएको नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेश इन्चार्ज कमल प्रसाद खनालले जानकारी दिनुभयो । राजनितिमा युवाहरुको आवश्यकता रहेकोले रहिस जस्ता युवानेताको भविष्य उज्वल रहेको इन्चार्ज खनालले बताउनुभयो ।

नेपाल समाजवादी पार्टीको लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेका शाहलाई केन्द्रिय सदस्यमा चयन गरिएको हो ।

नेपाल समाजवादी पार्टीको केन्द्रिय समितिको पहिलो बैठकले आफुलाई केन्द्रिय सदस्य जस्तो पदमा चयन गरेकोले युवा नेता शाहले पार्टीका अग्रज नेताहरुलाई धन्याबाद दिनुभयो । केन्द्रिय सदस्य पदको जिम्मेवारीमा रही पार्टीले निर्देशन गरेको निति अनुसार काम गर्ने शाहले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेसपाले नेता शाहलाई आगामी मंसिर ४ गते हुने प्रतिनधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको रुपमा अघी सारेको छ । शाहले भन्नुभयो “पार्टीले चाहे म कपिलवस्तु क्षेत्र नं ३ को “क” बाट प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा निर्वाचनमा होमीनेछु ।” कपिलवस्तुबाट नेता शाह मात्र केन्द्रिय सदस्य पदमा चयन भएका हुन् ।

Facebook Comments Box