१३ बैशाख २०८१, बिहीबार

पूर्व मंत्री मिश्र स्वतन्त्र राजनितीक समूह विस्तार गर्दै

कपिलवस्तु/संवाददाता पुस २५
कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं.७को कुशहवा गाउमा स्वतन्त्र राजनितीक समूह भेला गरि इकाई समिती गठन गरिएको छ।उक्त भेलाको अध्यक्षता राम किशोर चौधरी ले गरेका थिए।
देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पीडनको अन्त्य, सार्थक संघीयताको कार्यान्वयन, संविधानमा आवश्यक संशोधन, समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा पहुँच, नागरिकता समस्या समाधान गर्न, देशको मुख्य मेरूदण्डको रूपमा रहेका किसानको समस्या समाधान गर्ने, आर्थिक–सामाजिक विभेदलाई समाप्त पार्ने लगायतका विषयमा केन्द्रित रहि यी समस्याहरू समाधान गर्नेतर्फ स्वतन्त्र राजनीतिक समूह प्रतिबद्ध रह्ने गरि कपिलवस्तु को महराजगंज नगरपालिका वडा नं ७ कुशहवामा बुद्धिसागर शुक्ला,श्री गोबरधन मौर्या,श्री हरिराम तेली र श्री अउवल्ल मुस्लमान रहने गरि स्वतन्त्र राजनीतिक समूह को चार सदस्य को वडा स्तरीय इकाई समिति गठन गरिएको छ। उद्घोषक को भूमिका श्री चन्द्र प्रकाश गिरी ले गर्नु भयो।प्रमुख अतिथि पूर्व मंत्री इश्वर दयाल मिश्र, अतिथि प्रहलाद यादव,पंचराम कहार,गोवर्धन मौर्या,राम सुभक शुुक्ला,मदन सापकोटा,काशी राम यादव,विजय नाथ तिवारी,राधेश्याम मिश्रा,मनीराम चोधरी,राम अचल केवट,बिजयी बाबा,रामरुप बढंई(बाठे),कौशलकिशोर शुक्ला,इन्द्रजीत कहार,सुग्रीम लोनिया,अशोक उपाध्यय,राम गोपाल यादव,राम बहादूर यादव,प्रेम चन्द मिश्रा,उमा चौबे,छोटे लाल यादव,अबुशामा,अउवल्ल मुस्लमान,हलीम मुसल्मान,मोहम्मद मुस्तफा मुस्लमान,राम अचल केवट लगायत समाज सेवी, बुद्धिजीवीहरु, विकास प्रेमी, शिक्षा प्रेमी र स्थानीय महिला लगायत लगभग ५०० जना को उपस्थित रह्यो। स्वागत मन्तव्य राख्दै गोबर्धन मौर्य ले उक्त भेला मा आउनु हुने सबै लाई स्वागत गर्दै पूर्व मंत्री मिश्र ले चुनाव हारेर पनि यो क्षेत्र को विकास का लागि खटिएका छन। आ आफ्नो स्थान बाट सबै ले मिश्र लाई सहयोग गर्नु पर्ने कुरा राख्नु भयो। मदन सापकोटा ले पूर्व मंत्री मिश्र विकास प्रेमी नेता हुन यो समूह चाडो नेकपा मा समायोजन हुने आसा व्यक्त गर्नु भयो स्वतन्त्र राजनितीक समूह को बारेमा प्रकाश पार्दै मंत्री मिश्र को योगदान अविस्मरणीय रहेको कुरा उल्लेख गर्नु भयो। पूर्व मंत्री मिश्र ले प्रधानमंत्री के पी ओली नेतृत्व को सरकार ले लोकप्रिय काम गरिरहेको र उक्त सरकार लाई बदनाम गर्ने आराजक तत्व निरुत्साहित हुने छन।स.स.फो.नेपाल प्रति कडा प्रहार गर्दै चुनाव मा बाम गठबंधन को विरोध गर्ने र सरकार बने पछि सरकार मा सामेल हुने दोहोरो खेल खेलिरहेको कुरा बताउनु भयो साथै राष्ट्रीय जनता पार्टी नेपाल ले हामी संग धोखा गरि आफू प्रदेश नं २ को स्थानीय चुनाव मा भाग लिएको आरोप समेत लगाउदै म हरेक क्षण जनता को सेवा गर्न दिन रात तत्पर रहेको समेत बताउनु भयो, यो वडा बाट मलाई चुनाव मा पनि यहाँ का जनता ले निकै सहयोग गरेको र चुनाव मा क्षेत्र नं ३ को अधिकांश क्षेत्र नया भएको ले पनि केहि असर परेको साथै अब आउने केहि दिनमा क्षेत्र को हरेक जनता को घरमा पुग्ने योजना रहेको समेत जानकारी दिनु भयो। राम किशोर चौधरी ले पूर्व मंत्री मिश्र ले यो क्षेत्र को विकास र जनता को समस्या बुझने एक जुझारू नेता हुन र उपस्थित सबै संग मिश्र को साथ र सहयोग दिन आग्रह गर्दै सबै लाइ धन्यवाद दिदै सभा समापन को घोषणा गर्नु भयो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट