७ बैशाख २०८१, शुक्रबार

चन्द्रौटा तिज महोत्सवको तामझामका साथ उद्घाटन : कला र संस्कृतिको जगेर्ना हुने विश्वास

कपिलवस्तु
हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा तिज महोत्सव २०७९ आजबाट सूरु भएको छ । पर्यटन प्रवद्र्धन, कला र संस्कृति जर्गेना गर्ने मुख्य उद्देश्यले बिहिबारदेखि संचालन भएको तिज महोत्सवको लुम्विनी प्रदेश सांसद अर्जुन कुमार केसीले उद्घाटन गर्नु भएको हो । महोत्सवको उद्घाटन गर्दै सांसद केसीले नेपालीहरुका मौलिताको जर्गेना गर्न र स्थानिय कलाको प्रस्फुटन गर्न महोत्सवले टेवा पुर्याउने बताउनुभयो । यस्ता खालका मेला महोत्सवले आपसि सदभावको बिकाश र स्थानिय क्षेत्रहरुको प्रचारका साथै व्यापारीक केन्द्र र चन्द्रौटालाई आर्थिक चहलपहल बढाउने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सांस्कृतिको उत्थानको निम्ती यो मेलाले टेवा पुराउने विश्वास ब्यक्त गर्दै आफ्नो क्षेत्रको प्रचार र विकाशका लागि अरुको मुख ताक्न भन्दा पनि अवैले आ आफनो ठाँउबाट सुरु गर्नुपर्नेमा जोड दिनु भयो । साथै मेललाले शिवराजको गरीमालाई अझै चौडा पार्ने विश्वास ब्यक्त समेत गर्नु भयो ।

साथै हरीतालिका तिजको अवसरमा आज देखि संचालन भएको तिज महोत्सवमा शिवराज नगर पालिका उप प्रमुख नेकपा एकिकृत समाजवादिका केन्द्रिय सदस्य मिना परियार, लोकतान्त्रिक समाजवादिका प्रदेश अध्यक्ष रविद्धत्त मिश्र, उध्योगवाणिज्य संघका केन्द्रिय सदस्य जमसेद अलिमिया, ब्यापार संघ का केन्द्रिय सदस्य महादेव पोख्रेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा, विभिन्न राजनितिकदलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले महोत्सवको सफलतको शुभकामना गरेका थिए ।

छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा आजदेखि सूरु भएको मेलमको उद्धघाटन शत्रको कार्यक्र महोत्सव मुलआयोजक समितिका संयोजक चिन्ता परीयारको अध्यक्षतामा सम्पन्न भएको हो । आज महोत्सव उद्धाटनमा विभिन्न विज्ञालयबाट सहभागि विध्याथीद्धारा झाँकि प्रदर्शन, स्थानिय कलाकारहरुको वेजोड नृत्य प्रदर्शन गरेका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट