१५ चैत्र २०८०, बिहीबार

आजदेखि चन्द्रौटा तिज महोत्सव

कपिलवस्तु –आज देखि चन्द्रौटामा सूरु हुने तिज महोत्सव २०७९ को तयारीपुरा भएको छ ।पर्यटन प्रवद्र्धन, कला र संस्कृति जर्गेना गर्ने मुख्य उद्देश्यले आज (बिहिबार) देखि चन्द्रौटा महोत्सव स्थलमा संचालन हुन गईरहेको तिज महोत्सव २०७९ को सबै तयारी पुरा भएको हो । छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा शिवराज नगरपालिका ५ चन्द्रौटा महोत्सव स्थलमा आयोजना हुन लागेको तिज महोत्सवको सबै तयारी पुरा भएको महोत्सव मुलआयोजक समितिका संयोजक चिन्ता परीयारले जानकारी दिनुभयो ।

भदौ १४ गतेसम्म सञ्चालन हुने महोत्समा शिव लिंग निर्माण र माइती घर निर्माण, सेल्फी जोन निर्माण, झुला, वालउध्धान ब्यवस्थापन, निमन्त्रणा पत्र प्रदान लगायतका काम पनि सम्पन्न भईसकेको आयोजकले जनाएको छ ।

हिन्दू नारी हरूको महान पर्व हरितालिका तिजको अवसरमा तिज पर्वको महत्व दर्साउने खालबाट स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती तथा आकर्षक पुरस्कार सहित तिज डान्स आईडल ,खुल्ला तिज गित प्रतियोगिता समेत रहेको आयोजकले जनाएको छ । भोलि मेलाको उद्धघाटनसगैँ स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाईएको छ ।

धेरै कमेन्ट गरिएका