१२ बैशाख २०८१, बुधबार

लुम्बिनी गजल महफिल २०७९ हुँदै, राष्ट्रिय स्तरका श्रष्टाहरु पनि सहभागी हुने

विजयनगर। कपिलवस्तुको वाणगंगा नगरपालिका – ४ जितपुर (चार नम्बर)मा गजल महफिल–२०७९’ हुने भएको छ । सप्तरङ्गी साहित्य समाज लुम्बिनी प्रदेशको आयोजनामा दोस्रो लुम्बिनी गजल महफिल हुन लागेको हो । जसमा राष्ट्रिय चर्चित गजलकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
आगामी भदौ ४ गते शनिबार पिस हिमालय रिसोर्ट वाणगंगा-४ जितपुर कपिलवस्तुमा हुने कार्यक्रममा चर्चित गजलकार ‘बोइ’ गजल संग्रहका लेखक बसन्त वलि (बसन्ति), गजलकार शुसिला श्रेष्ठ, कपिलवस्तुका प्रखर युवा गजलकार प्रकाश पाठक, लालिमाया थापा मगर र तिलक भट्टराई ‘अन्जान’ लगायतका चर्चित गजलकारहरूको सहभागीता रहने आयोजना संस्थाका सचिव प्रभात न्यौपानेले जानकारी दिनुभयो ‌।
कार्यक्रममा कुनै पनि टिकटको व्यवस्था नगरिएको र कुनै शुल्क नलाग्ने भएकाले साहित्यप्रेमी सबैलाई महफिलको आनन्द लिन सहभागिताका आयोजक संस्थाले अनुरोध गरेको छ। सप्तरङ्गी साहित्य समाज नेपाल लुम्बिनी प्रदेशले यस अघि २०७८ मा आफ्नो शाखा उद्घाटन गर्दै पहिलो गजल महफिल बुटवलमा सम्पन्न गरेको‌ थियो। संस्थाले लुम्बिनी प्रदेशका सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप यो पटक कपिलवस्तुमा गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट