१२ बैशाख २०८१, बुधबार

मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई सहायक प्रशिक्षक नियुक्त

काठमाडौं । असोजमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनीसँगै विनोद डंगोल गोलरक्षक प्रशिक्षकको रुपमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार यी दुई प्रशिक्षकलाई नियुक्त गरेको हो ।

नेपालले असोज १९ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम तय भएको छ ।

यसअघि एन्फाले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिदामा रहेका कारण प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । हुमागाईंले मैत्रिपूर्ण खेलका लागि ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट