१४ बैशाख २०८१, शुक्रबार

ईपीएल : चेल्सी र टोटन ह्यामको बराबरी, वेष्ट ह्यामविरुद्ध नटिङ्घमको जित

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सी र टोटन ह्यामको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सी र टोटन ह्यामले दुई–दुई गोलको बराबरी खेलेका हुन् ।

चेल्सीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक–एक गोल गरे । टोटन ह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक–एक गोल गरे । खेल सकिएपछि दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाए । हात मिलाउने क्रममा झगडा गरेपछि दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाएका हुन् । यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अङ्क जोडेको छ ।

चेल्सी लिगको सातौँ स्थानमा रहेको छ । टोटनह्याम ४ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । ईपीएल अन्तर्गत गएराति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्टले र वेस्ट ह्यामलाई एक–शून्यले हराएको छ । नटिङ्घमका लागि ताइओ माइकल अवोनीले गोल गरे ।

पहिलो खेलमा न्युकासलसँग पराजित भएको नटिङ्म फरेस्ट लिगको १०औँ स्थानमा रहेको छ भने पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको वेष्टह्याम १९औँ स्थानमा रहेको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट