२२ बैशाख २०८१, शनिबार

अब तेस्राे संविधान सभा चुनाव हुने : सांसद शाह

14825752_1190101931035849_756984336_n अंकुश श्री/कपिलबस्तु ,कार्तिक १०। तीन ठुला दल द्वारा षड्यन्त्रपूर्ण ढंगले संविधान संशाेधन प्रक्रियालाई पर सारेर मधेशकाे मुद्दालाई अाेझेलमा पार्न लाेकमान प्रकरण अघिल्याईएकाे हाे । संघिय समाजबादी फाेरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाहले हिजो स्वः अजय प्रताप शाह मेमाेरियल ट्रष्ट कपिलबस्तुले ताैलिहवामा अायाेजना गरेकाे शुभकामना अदान प्रदान कार्यक्रममा उक्त कुराकाे खुलासा गरेका छन । सांसद शाहले भने राष्ट्रहितका मुद्दामा संघीय समाजबादी फाेरम नेपाल र संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चालाई महाभियाेग प्रस्ताव दर्ता गराउन समावेश नै नगराउनु पनि रहस्यमय रहेकाे छ । अाख्तियार दुरुपयाेग अनुसान्धान अायाेगका अायुक्त लाेकमान कार्कीमाथि महाभियाेग प्रस्ताव दर्ता गराउने एमाले पार्टीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीकाे जनकपुर भ्रमण स्थागित गर्न षड्यन्त्र रचेकाे छ । केपी अाेली नेतृत्वकाे सरकारकाे समयमा माअाेबादीले समर्थन फिर्तालिई चीनका राष्ट्रपति सी जिनपिङकाे भ्रमण स्थागन गरेकाे प्रतिशाेधमा एमालेले भारतीय राष्ट्रपतिकाे भ्रमण राेक्न चलखेल गरेकाे सांसद शाहकाे भनाई छ । अख्तियारले कांग्रेसका नेता र कार्यकर्तालाई कार्यवाही गर्दा ,जेलमा थुन्दा केही नबाेलने एमाले र एमाअाेबादी दुबैले अाफ्ना दर्जनाै नेतालाई कार्यवाहीकाे डरले महाभियाेग प्रस्ताव दर्ता गराएकाे कुरा माअेबादी कै सांसद महेन्द शाहीले संचारमाध्यममा भनिसकेका छन । छठ सम्ममा संविधान संशाेधन नभए अब तेस्राे संविधान सभाकाे निर्वाचनकाे लागि संघर्ष हुने शाहले ठाेकुवा गरेका छन , पहिलाे र दाेस्राे संविधान सभाबाट केही मुद्दा सुल्झाउन नसकेकाेले अब तेस्राे संविधान सभा चुनाव गराउनु अाजकाे अावश्यकता भएकाे छ । अब याे संसदकाे अाैचित्व समाप्त भएकाे उनकाे निष्कर्स छ । कार्यक्रममा ट्रष्टका संयाेजक तथा समाजसेवी एवं बुद्धिजिवी लगायत पत्रकार तथा विभिन्न दलका प्रतिनिधिहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट