१४ बैशाख २०८१, शुक्रबार

दुधाधारी नमूना माध्यमिक विद्यालयको ५ कोठे भवन शिलान्यास ।।

कृष्ण पौडेल विजयनगर ।।
कपिलवस्तुको विजयनगरमा ५ कोठे भवन शिलान्यासको गरिएको छ । बुधबार गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मि कुमारी चौधरी विजयनगर -१ मा रहेको दुधाधारी नमूना माध्यमिक विद्यालयको ५ कोठे भवन शिलान्यास गर्नु भएको छ ।
विद्यालयको भवन शिलान्यास गर्दै पालिका अध्यक्ष गोपाल बहादुर थापाले अब छिट्टै नै यस विद्यालयमा उच्च शिक्षा अध्ययन गर्न पाउने ब्यवस्था हुने दाबी गर्नु भयो । थापाले ब्याच्लर संचालनको लागि प्रशासनिक काम भइ रहेको मेरै कार्यकाल यस क्षेत्रमा उच्च शिक्षाको लागि अध्ययन गर्न बाहिर नजानु पर्ने वातावरण तयार गरि रहेको बताउनु भयो । विजयनगरमा शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि हरेक कदम चाल्ने थापाले जिकिर गर्नु भयो ।
संघीय सरकार अन्तर्गत प्रस्तावित नमूना विद्यालयमा छनौट भइ उक्त विद्यालयको भवन बन्न लागेको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष राम प्रकट कोरीले जानकारी दिनु भयो ।
उक्त भवनको निर्माण कार्य सृजना कन्स्ट्रक्सनले पाएको ठेक्का १ करोड २९ लाख बन्न लागेको इन्जिनियर नबिन डुम्रेले जानकारी दिनु भयो। जिल्लाकै पश्चिम् क्षेत्रमा रहेको दुधाधारी नमूना विद्यालयमा १८ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा साइन्स, म्यानेजमेन्ट, एजुकेसन र सिभिल इन्जिनियरिङ को पढाइ भइ रहेको प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले बताउनु भयो ।
विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब,सिभिल तर्फको ल्याब, पुस्तकालय, डिजिटल बोर्ड,प्रत्येक कोठामा सिसि क्यामेरा जडान, छात्रावास, साइकल पार्किङ, क्यान्टिन् साथै गेटपालेको व्यवस्था गरिएको कोरी बताउनु भयो । विद्यालयको भौतिक अवस्था राम्रो भए पछि एस इ इ तथा कक्षा १२ को बोर्ड परिक्षाको सेन्टर पनि उक्त विद्यालयमा संचालन हुदै आएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट