चिनिया निर्माण कम्पनीको लापरवाहीका कारण नेपालको विकास निर्माण प्रभावित
नेपालका कतिपय कथित राष्ट्ररवादी र बामपन्थी हरुको नजरमा चिन भन्दा बढी भरपर्दो मित्र र सहयोगी राष्ट्रक नेपालको निम्तिी अर्को कुनै छदैछैन तर ब्यवहारमा त्यसो रहेको पाइदैन । नेपालको निम्तिक महत्वपुर्ण मानिएका परियोजनाहरुमा चिनिया कम्पनीको ढिलाई र हेपाहा प्रवृतीका कारण समयमै यो पुरा भइरहेको हुँदैन । नेपाल सरकारलाई जानकारी नै नदिइकन, समन्वतय विना नै ठेकेदार कम्पनीको प्रतिनिधीले साइट छाडेर चीन फर्किने घटना बढ्दै गएका छन । यस्ता घटनाहरुको फेहरिस्त निकै लामो छ । रसुवामा निर्माणधिन रसुवा–टिमुरे सुख्खौ बन्दारगाहको काम यसै सुस्त छ तर साइटमा कामदार र ठेकेदार कोही पनि छैन । इन्टरमोडल यातायात विकास समितिलाई जानकारी नै नदिई चिनिया कामदार चीन फर्किसकेका छन । ४ मंसिर २०७६ मा शिलान्याास गरिएको यो परियोजना सम्झौाता अनुसार त यो ३ महिना अघि नै निर्माण भइसकेको हुने थियो तर हाल सम्म ३५ प्रतिशत भौतिक प्रगती मात्र भएको छ । आवश्यमकता अनुसार चिनीया मजदुर तथा प्राविधीक नराख्ने र नेपालीलाई काम गर्न नदिने प्रवृतीले पनि निर्माण कार्य प्रभावीत भएको हुन सक्ने संभावनालाई खारेज गर्न सक्र्दैन । पाँच तल्ले बहुउपयोगी स्टोरेज बिल्डिीङ्ग एउटा ठुलो र एउटा सानो गोदाम रहने निर्माणधिन बन्दरगाहमा १८० ठुला ट्रक र दुईवटा जाँच केन्द्र रहने छ । ब्यपार सहजिकरणको लागी महत्वपूर्ण मानिएका परियोजनाहरु चिनिया कम्प नीको हेपाईमा परेका छन । चिनिया कम्पनीको यो शैली नेपालमा नौलो आवश्य पनि होइन । चिनिया कम्पनीका प्रतिनिधि र कामदार समय समयमा आयोजनाबाट सम्पर्क बाहिर हुने गर्दछन । चिनिया ठेकेदारहरु शुरुमा कम पैसामा टेण्डिर हात पार्दछन । पछि गएर कुनै कमजोर चिनिया निर्माण कम्पनी सित त्यो काम बेचि दिन्छन कमजोर निर्माण कम्पनी सित स्रोत एंव साधनहरुको अभाव रहेको हुन्छस् । त्यस्ता निर्माण कम्पनीहरु समयमै आयोजनाको काम सम्पन्न गरिरहेका हुदैँनन । त्यस पछी थप समय र थप पैसाको माग गर्दछन । यसको निम्तीज देशका बामपन्थीदल बुद्धिजिवी र काठमाण्डौं स्थित चिनिया दुतावासको प्रभावको समेत विगतमा प्रयोग भएको पाइएको छ ।
चिनिया निर्माण कम्पनीहरु नेपालमा मनोपरी गर्छन । मेलम्ची प्रकरणमा भएको विनाशलाई विर्सन सक्दिन । न्युन रकममा ठेक्का हातपार्ने, समयमा सम्झौता गर्न नआउने काममा ढिला सुस्ती गरेर आयोजनको लागत बढाईदिने र आयोजना नै अन्यौलमा छोड्ने चिनिया कम्पनीको प्रबृती दुःखद रहेको छ । क्षमता भन्दा बढी ठेक्का लिएर आयोजनालाई अलपत्र पार्ने काम पनि चिनिया ठेकेदाहरुबाट ब्या पक रुपमै भएको पाइन्छ । चिनिया निर्माण कम्प नीहरुले परियोजना होल्डामानै गरेर राखेका छन । त्यसलाई पुरा गर्न सकिरहेका छैनन् । यसले गर्दा स्वयं चिनिया ठेकेदार कम्पनीहरुको कार्य सम्पादन सन्तोषजनक नरहेको कुरा त परियोजनाहरुको प्रगतीबाट नै हेर्न सकिन्छ । पछिला समयमा पूर्व पश्चिकम राजमार्ग विस्तारका अधिकांश ठेक्का पनि चिनिया कम्पनीहरुले नै पाएका छन । ठेकेदार कम्पनी सहित सरकारको लापरवाहीका कारण नेपालका धेरै आयोजना अन्योलमा छन । चिनिया कम्पनीले नेपालमा जलविधुत, विमानस्थल, सन्चार र निर्माण क्षेत्र लगायत ठुला परियोजनामा बलियो पकड बनाएको छ । भुतपुर्व प्रधानमन्त्री के.पि. शर्मा ओलीको गृह जिल्ला झापाको दमकमा १६ फागुन २०७७ मा शिलान्यास भएको दमकको औधोगिक पार्कको निर्माण अहिलेसम्म शुरु पनि भएको छैन । एक लाख भन्दा बढीलाई रोजगार दिने भन्दै चिनिया कम्पनीलाई निर्माण र सन्चालनको जिम्मा लगाएको परियोजना अलपत्र छ । चिनको लगानी आउने भनिएको परियोजनामा शिलान्यास पछी एउटा ढुङ्गा पनि गाडिएको छैन । स्थानीय जनता मुआब्जाको माग र पर्यावरणिय चिन्ता गर्दै महिनौ सम्म आन्दोलन गरेका थिए । काम प्रगती नभएका कारण नै जग्गा दिएका र अधिग्रहणको प्रकृयामा रहदा जग्गा धनीलाई संशकित बनाएको छ । झण्डै १ हजार आठ सम्म विघा जग्गा अधिग्रहण भएर आइसकेको छ । तीन खर्ब रुपैयाको लगानीमा बनाउने भनिएको पार्कको १७ साउन २०७६ मै ६४ अर्ब ४१ करोड लगानी स्विगकृत भएको थियो । लगानी कहिले आउने हो र निर्माण कार्य कहिले शुरु हुने हो एकिन छैन ? चिनिया निर्माण कम्पनी चाइना स्टेट इन्जिेनियरिङ्ग कन्ट्रकसनले ठेक्का लिएको नारायणगढ सडक खण्डको हालत पनि यस्तै छ । २०७५ पुषमा ठेक्का सम्झौटता भएर सोही वर्ष चैत्र ८ गते तत्कालिन प्रधानमन्त्रीि के.पी. शर्मा ओलीले यसको शिलान्यास गरेका थिए । लक्ष्य अनुसारको काम भएको भए अगामी २२ साउनमा यसको उद्धघाटन हुनुपर्ने हो तर अहिले मुश्किलले १८.४४ प्रतिशत काम मात्रै भएको छ । खाल्डै खाल्डा भएको सडकमा यात्रुले धेरै कष्ट भोगी राख्नु परेको छ । एशियाली विकास बकैंको १६ अर्ब ९९ करोड ५२ लाख रुपैया ऋण सहयोगमा विस्तार भईरहेको यस सडक खण्डको लागत थप बढ्ने सम्भावना देखिन्छ । मुग्लिङ–पोखरा सडक खण्ड अन्तगरगतको आबु खैरनीको पूर्वी उपखण्डको ४१.१५ कि.मी. सडक स्तररोन्नरतिको ठेक्का पाएको चाईना कम्युनिकेशन कन्स्ट्रक्सनको गति पनि सुस्त नै छ । जामुने–पोखरा पश्चिम उपरी खण्डको ३९ किलो मिटरको विभाजनको ठेक्का युनहइ काड आन हाईवे एण्ड ब्रिज कम्पनीले पाएको छ । त्यो लक्ष्ये अनुसार काम भएको छैन । काठमाण्डौं तराई मधेश द्रुतमार्गको सुरुङ मार्ग र त्यससंग जोडिने अग्लोपुलहरुको निर्माण कार्य पनि चिनिया कम्पधनीले पाएका छन तर काम गर्न सकेको छैन । ठेकेदार कम्पनीको काममा ढिलाई भएपछि सेनाले पुनरावेदन र समीक्षा गर्नु भनी काम रोक्का निर्देशन दिएको थियो । छिटै काम गर्ने प्रतिबद्धता लिएको भएपछी सेनाले निर्माण कम्पानीलाई लगाएको निलम्बयन फुकुवा गरेको छ । सुरुङ मार्गहरु निर्माण गर्न दुईवटा प्यामकेजमा ठेक्का लागेको छ । ईपिसि मोडेलको ठेक्कामा अनुसार ठेकदारहरुले निर्माणको काम गरिरहे पनि गति सुस्त छ । प्याईकेज अन्तरगत मकवानपुरको घेद्रेमा, सिम्पिा देखी माथिको मानिसले खोसी १.३७ कि.मी. र लेनड्डानमा घट्टेप देखि बादरे खोल्सि १.४ कि.मी. गरी दुईवटा शुरुङ्गमार्ग र पुल निर्माण अघिबढेको छ । यो काम पोली च्या्डदा कर्पोरेसनले २५ अर्ब ९ करोड ५९ लाखको कामको ठेक्का पाएको छ । मकवानपुरकै महादेवडाँडा अर्को ३.३ किलोमिटरको प्याडकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार रुपैयामा चाईना स्टेघट कन्सट्रक्सन इन्जिनियरले पाएको छ । यसै कम्पनीले बुटवल नारायणगढ खण्ड को ठेक्का पनि हात पारेको छ र सिद्ध बाबा सुरुङ्ग निर्माणको ठेक्का पनि यसैले हात पारेको छ । चिनको अनुदान सहयोगमा खर्च गर्ने गरी जिम्मा लिएको स्या फ्रुबेसी –रसुवागढी सडकको विस्तार तथा स्तरोनुतिको काम पनि अलपत्र छ । चीन सरकारले पठाएको ठेकेदार कम्पतनीले द्दण्ठट चैत्रबाट साइटमा द्द वर्ष देखि काम गर्न नबसी ठप्प– छ । कहिले शुरु हुने यकिन छैन । साईटमा आउने अप्ठा यारापनको सहजिकरण सरकारले गर्दै आएको हो । तसर्थ निर्माण गर्दा बिलम्बआ हुनमा निर्माण कम्पनी नै जिम्मवार हो । हाल यो सडक सांघुरो हुँदा रसुवागढी बाट सामान लिएर आउने गाडीलाई चल्न पनि मुश्किकल भईरहेको छ । सिन्धुपालचोकमा निर्माण धिन १०२ मेगावाटको मध्यि भोटेकोसी जलविधुत आयोजनाको निर्माणमा चिनिया निर्माण कम्पिनीले लापरवाही गरेको छ । कम्पयनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा सिभिल तथा हाइड्रो मेकनिकलको काम इन्जिनियरिङ खरिद र निर्माण गरी पिसी मोडेलमा चिनिया कम्पनी क्वा् ङ्गसि हाइड्रो एण्ड इलेक्टिकल कन्स्ट्रक्सनले ठेक्का लिएको छ तर कम्पनीको कमजोर कामको कारण काम सम्पादन नभएका कारण २०७५ असार मै विधुत उत्पान गर्ने लक्ष्य राखिएको भए पनि अहिले सम्म आयोजनाको निर्माण कार्य सम्पन्न भएको छैन । २०२१ मार्चमा सक्ने् भनिएको २७ मेघावाटको त्रिसुली माथिल्लो थ्री जलविधुत आयोजनाको अहिले ६५ प्रतिशत सम्म मात्रै काम भएको छ । जनताको समेत लगानीको ८ अर्ब २२ करोड लागतको यस आयोजनाको काम चिनको सुइफा एएनग्रुपले गरिरहेको छ । सान्चेतन जलविधुत आयोजनाको काम चिनको सुइफा एएन भई ग्रुपले गरिरहेको छ । सान्चेन जलविधुत कम्पनी मार्फत रसुवामै बनिरहेको सान्चेलन ४२ मेगावाट र माथिल्लो सान्चेन १४.८ मेगावाट आयोजना चार वर्ष अघि पुरा हुनु पर्ने हो तर चिनिया कम्पानी तोनफाङ इलेक्ट्रो निक इन्टरनेशनल करपोरेशन को ढिलाईको कारण पुरा भएको छैन । सरकारको फोरजी विस्तरको ठेक्का हात पारेको दुई चिनिया कम्पनी जेइटी कर्पोरेशन र हङकङ रहेको सिसि एए.हुवाईले एक वर्ष भित्रमै फोरजि सेना देश भरी विस्तार गर्ने ठेक्का लिएको थियो तर काम गराएको छैन । भैरहवा अन्तराष्ट्रि विमानस्थल मेलम्ची खाने पानी आयोजना, सुरुङ्ग निर्माण, तामाकोशी जलविद्युत परियोजना, कुलेखानी तेस्रो जलविधुत परियोजना,चमेलियाल विद्युत आयोजना, कलंकी–कोटेश्वर चक्रपथ विस्तार आयोजना लगाएका काममा चिनिया ठेकेदार नै चरम ढिलाई गरेका थिए । काममा ढिलाई गरेपछी धेरै चिनिया कम्पनी कालो सुचिमा परेका हुन । सिनो स्टिलल, सानझेन फारद इलेक्ट्रोकिल र हिउझोउ झोङचोङ इलेक्ट्रो निक पनि नेपालमा कालोसुचिमा रहेको छ । त्यसै गरी सेन्ट्रनल चाइना ग्रीड इन्टोरनेशनल, इरोनमिक रेड र चाईना इन्जिेनियरका कस्ट्रक्सन पनि कालोसुचिमा रहेको छ । यसरी चिनिया निर्माण कम्पनीहरु नेपालमा ठेक्का हात पारे पनि समयमै पुरा गरिरहेको हुँदैन यसले गर्दा नेपाललाई ठुलो आर्थिक क्षती भइरहेको छ । जनकपुरटुडे
