कपिलवस्तुमा नयाँ शक्तिको भेला सकियो

सेयर गर्नुहोस

सनिउल्ला धोबी, कपिलवस्तु पुष ७,
कपिलवस्तुको विजयनगर गाँउपालिकामा नयाँ शक्ति नेपालको विजयनगर गाउँपालिका समन्वय समिति कपिलवस्तु आज गाउँ सभा, भेला तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको जगदीसपुरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नयाँ शक्ति नेपाल जिल्ला संयोजक नारायण खनालले वर्तमान अवस्थामा देश समृद्ध बन्न नदिने तगारोको रुपमासरकार रहेको बताउन्ु भएको छ ।

saniulla dhobi

हालको सरकारमा चरम भष्ट्राचार बढेको यसलाई नियन्त्रण गर्न नयाँ शक्ति नेपाल पार्टि लागि परेको समेत बताउनु भयो । देशमा वैकल्पकि शक्ति आवश्यक रहेको बताउनुहुँदै नयाँ शक्ति उक्त आवश्यकता पूर्ति गर्ने दिशामा अगाडि बढेको बताउनुभयो । आफ्नो अधिकारको लागि आफैं अग्रसर हुनुपर्ने खनालले जोड दिनु भयो ।
स्थानिय तहमा पार्टिको उपस्थिती र सक्रियता बढाउन वडा स्तरीय समितिहरु गठन गर्ने कार्य तालिका अनुसार विजयनगर गाउँपालिका वडा नं. ३ मा जगन प्रसाद गुप्ताको अध्यक्षतामा ३५ सदस्य रहेको वडा स्तरिय समिति गठन गरिएको कार्यक्रमका अध्यक्ष नयाँ शक्ति नेपाल विजयनगर गाउँपालिका समन्वय समिति इन्चार्ज राम निवास पु्रीले बताउनुभयो ।
गाउँ गाउँमा नयाँ शक्ति पार्टि नेपाल सहितको स्वधीन समृद्ध नयाँ नेपाल निर्माणका लागि भ्रष्टचारलाई कम गर्न वडा तहबाटै पार्टिले निगरानी बढाउने र भ्रष्ट्रहरुलाई समाजमा उदाङ्गो बनाउने अभियानमा सदैव लागि रहने इन्चार्ज पुरीले बताउनु भयो ।
पार्टिका संघिय परिषद सदस्य रहनु भएका इलियास मुसलमानले नयाँ शक्तिको लागि अनुकूल अवस्था तयार भइरहेको भन्दै आन्तरिक शक्ति सुदृढीकरण गरेर देशको नेतृत्व गर्न तयार रहन निर्देशन दिनुभयो । समृद्धिको नेतृत्व पुराना पार्टीले गर्न नसक्ने पुष्टि भइरहेको भन्दै नयाँ शक्तिको पक्षमा माहौल सिर्जना गर्न उहाँले आह्वान गर्नुभयो ।

Facebook Comments Box