१५ बैशाख २०८१, शनिबार

बस संचालन संगै ग्रामिण भेगबाट अध्यान गर्न आउने विद्यार्थिलाई सहज हुने मन्त्रि नेपाल

नवराज पौडेल , कपिलवस्तु –

कपिलवस्तुको समयथान बहुमुखी क्याम्पसमा कलेज बस संचालनमा ल्याइएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं ४ खरेन्द्रपुरमा अवस्थित समयथान बहुमुखी क्याम्पसमा आईतबार एक समारोहका बिच लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकाश राज्यमन्त्री रिना नेपालले रिवन काटेर बसको उद्घाटन गर्नुभएको हो । लुम्बिनी प्रदेश सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा सामाजिक विकाश निर्देशनालय सामाजिक विकाश डिभिजन कार्यलयको आर्थिक सहयोगमा उपलब्ध बसको आईतबार उद्घाटन गरीएको हो ।

सो अवसरमा बोल्दै मन्त्री नेपालले ग्रामिण भेगबाट अध्यान गर्न आउने विद्यार्थिलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । सबैलाई शिक्षाको पहुचमा ल्याउन क्याम्पस बसले महत्वपुर्ण स्थान पाउने बताउदै बस संचालन सगँै क्याम्पसको शैक्षिक स्तर बृद्धि हुने बाताउदै आगामी दिनमा प्रदेशबाट अन्य किसिमका सहयोग हुने बताउनुभयो ।

यस्तै लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले बस संचालनमा ल्याउन आर्थिक सहयोग गर्ने प्रदेश सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । आफुले पढ्ने समयमा चन्द्रौटा क्षेत्रमा उच्च मा वि तहको विद्यालय समेत नभएको र आज आएर स्नातक तहको कलेज संचानमा आउनु खुशिको कुरा रहेको बताउनुभयो ।

यसैगरी शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले लगानी अनुसारको शिक्षा प्रदान गरेर शिक्षाको क्षेत्रमा शिवराजलाई अब्बल बनाउनु पर्ने बताउनुभयो । प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउदै यसमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । क्याम्पसको विकाशका लागि स्थानिय सरकार सगैँ प्रदेश सरकारको महत्वपुर्ण भुमिका हुनुपर्ने कुरामा थारुले जोड दिनुभयो ।

कार्यक्रममा क्याम्पस बस संचालनका लागि पहल गर्नका लागि अर्जुन कुमार केसि, शिवराज वडा नं ३ का वडा अध्यक्ष टेकलाल सपकोटा, नेपाली कागं्रेस शिवराज नगर समिति सभापति मधुसुदन पोख्रेल, नेपाली कांग्रेसका जिल्ला प्रवक्ता ईश्वरी पाण्डे र क्याम्पस प्रमुख नामदेब खनाल लगायतको अथक प्रयासका कारण बस भित्रयाउन सफल भएको भन्दै क्याम्पस संचालक समितिका अध्यक्ष डिल्लीराज भुसालले आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा टेकलाल सापकोटा, मधुसुदन पोख्रेल, एमाले नगर कमिटि अध्यक्ष जगत पौडेल, माओवादि केन्द्र नगर कमिटि अध्यक्ष दिनेश पुन, व्यापार सघं केन्द्रिय सदस्य महादेब पोख्रेल, समयथान माविका प्र.अ गिरी प्रसाद गैरे लगायतको आतिथ्यता तथा क्याम्पस प्रमुख नामदेब खनालको संचानमा सम्पन्न भएको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट