१५ फाल्गुन २०८०, मंगलवार

छाेरी पढाई समाज शिक्षित भएमात्र मधेशकाे बिकास हुनेछ : मुख्यमन्त्री राउत

 

 

अंकुश श्रीवास्तव/कपिलबस्तु, मंसिर १८ । मधेशमा छाेरीलाई पढाएमा मात्र पिछडिएका समाजकाे उत्थान हुने प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतले बताउनुभयाे ।
अाज जिल्लाकाे कृष्णनगर पुगेका प्रदेश नम्बर २ का मुख्यमन्त्री मा.लाल बाबू राउतले कार्यकर्ता भेटघाट कार्यक्रममा मधेशमा अतिपिछडिएका मधेशी , थारु, मुस्लिम , दलित लगायतका समुदायकाे उत्थान अाफ्ना छाेरीलाई शिक्षित बनाए मात्र हुने बताएका छन । एउटा घरमा छाेरी शिक्षित भए समग्र परिवारका साथै विहे भई जाने घर समेतकाे बाैद्धिक बिकास हुने मुख्यमन्त्री राउतले भन्नुभयाे ।उनले भने प्रदेश नम्बर दुईमा राजपा समर्थित संघियसमाजबादी फाेरमकाे सरकार भएकै कारण ” छाेरी पढाउ ,छाेरी बचाउ” ,दलित सशक्तीकरण याेजना , प्रदेश प्रहरी भर्ती लगायत मुस्लिम समुदायका बिकाशका लागि विभिन्न कार्यक्रमहरु गर्न सकिएकाे छ । साथै अालाेपालाे गरि सत्तामा रहदै अाएका दुई ठुला दल कांग्रेस , नेकपाकाे सामन्तिबादी साेच र संघियता समाप्त पार्ने षड्यन्त्र का कारण संविधान संशोधन हुन सकिरहेकाे छैन त्यसैले संघीय समाजबादी फाेरम नेपालकाे नेतृत्वमा प्रदेश नम्बर दुई सरकारले अगाडि बढेर सरकारलाई समेत दिशानिर्देश गर्न लागेकाे छ ।

 
संघीय समाजवादी फोरम नेपालको उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले भन्नुभयो एमाले, माओवादी केन्द्र एकिकरण गरी एक ठाउमा उभिएका छन् तर हामी मधेशी आफै फरक फरक पार्टीमा रहेर हक अधिकारबाट बन्चित भएका छौ । सम्मान र पहिचानको लागि एक हुनुपर्ने बताउनु भयो । मधेशमा नागरिकता जस्ता महत्वपुर्ण हक अधिकार प्राप्तिका लागि एक भएर अघि बढनु पर्ने बताउनु भयो ।

सो कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काग्रेसका नेता अकिल मिया, फोरम नेपालका केन्द्रीय सदस्य राम बरन यादव, प्रदेश नं ५ का अध्यक्ष अशोक यादव, ५ नं प्रदेशका मुख्य सचिव डा रसिद खान , नेता शैलेष प्रताप शाह लगायतले मधेशी र मधेशको हक अधिकारको बारेमा बोलेका थिए भने कार्यक्रमकाे संचालन शिवपुजन यादवले गर्नुभएकाे थियाे । कृष्णनगर उद्योग वाणिज्य संघकाे सधाहलमा सम्पन्न कार्यक्रममा संघीय समाजबादी फाेरम नेपालकी नेतृ गिता श्रीवास्तव, निर्मला यादव , रामसेवक यादव,अकरम पठान,निर्भय सिंह, मायादेवी गाउंपालिका प्रमुख बंजरंगी चाैधरी, ,राजकिशाेर यादव ,कृष्णकुमार चाैधरी , मेवालाल गुप्ता लगायत प्रदेश कार्यसमिति सदस्य, जिल्ला समिति पदाधिकारी तथा विद्यार्थी फाेरमका सदस्यहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट