चिनियाँ प्रभुत्व फैलाउन कन्फ्युसियस संस्थानको रिब्रान्डिङ, तर विश्व सर्तक बन्दै
काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी प्रशासनले सन् २०२० मा अमेरिकामा रहेका ११८ मध्ये १०४ कन्फ्युसियस इन्स्टिच्युट (सीआई) बन्द गरेको थियो ।
नेशनल एसोसिएसन अफ स्कॉलर्स (एनएएस) को एक नयाँ प्रतिवेदनले यी मध्ये कम्तीमा २८ ले आफ्नो कन्फ्युसियस इन्स्टिच्युटलाई समान कार्यक्रमको साथ प्रतिस्थापन गरेको र कम्तिमा ५८ ले आफ्नो पूर्व कन्फ्युसियस संस्थानसँग घनिष्ठ सम्बन्ध कायम राखेको जनाएको छ ।
विवादास्पद चीन समर्थित भाषा र साँस्कृतिक प्रशिक्षण केन्द्रहरू रिब्रान्डिङ गरेर संयुक्त राज्य भरमा फेरि सञ्चालनमा आइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले यी संस्थानलाई मिसनका रुपमा राख्दै बन्द गरेको थियो ।
यस सम्बन्धमा जारी आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘अगस्ट सन् २०२० को अगस्ट १३ मा विदेश मन्त्रालयले वाशिंगटन डीसीमा मुख्यालय रहेको अमेरिकी सीआई अन्र्तगतका कन्फ्युसियस इन्स्टिच्युट यूएस सेन्टर (सीआईयुएस)को नेटवर्कले जनवादी गणतन्त्र चीनको विदेशी मिशनको रूपमा काम गर्छ । यो संगठनको अस्पष्टता र यसको राज्य निर्देशित प्रकृति यसका मुख्य कारणहरु हुन्।’
विदेशी नियोगका रूपमा तोकिएका संस्थाहरूले अमेरिकामा रहदाको कोष, कर्मचारी, पाठ्यक्रम र अमेरिकामा हुने गतिविधिहरूबारे बार्षीक रिपोर्ट पेश गर्नुपर्ने हुन्छ। सीआई इन्स्ट्युटहरुले कानुनीरुपमा अमेरिकी विद्यालय र संस्थाहरूलाई २ लाख ५० हजार डलर भन्दा बढी दिएको बिषय रिपोर्ट गर्नु पर्ने थियो ।
एट्लान्टिक भन्दा पर सन् २०२१ को जुलाईमा जर्मनीको शिक्षा मन्त्रालयले देशभरका विश्वविद्यालयहरूलाई चिनियाँ भाषा र संस्कृतिमा पाठ्यक्रमहरू प्रदान गर्ने सीआईसँगको सहकार्य अन्त्य गर्न आह्वान गरेको थियो ।
यो निर्णयसँगै त्रसित चिनियाँहरुले ग्लोबल टाइम्समार्फत लेख लेख्दै प्रतिक्रिया दिएका थिए । २०२१ को अक्टोबरमा प्रकाशित आर्टिकलमा ‘शैक्षिक र सांस्कृतिक आदानप्रदान गतिविधिहरूमा राजनीतिकरणको चीन दृढताका साथ विरोध गर्दछ ।’
