सरोकारवाला भन्छन्ः कपिलवस्तुमा खेलकुदको बिकासमा हातेमालो गर्न आवश्यक
जितपुर । कपिलवस्तु जिल्लामा खेलकुद क्षेत्रको बिकासका लागी सरोकारवाला सबैले हातेमालो गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन । जिल्लाको बाणगंगा १ वैरीयामा भएको सरोकारवालाको भेटघाटमा उनीहरुले यस्तो बताएका हुन ।
कपिलवस्तु जिल्लामा राम्रा खेलाडीहरु रहेको उनीहरुलाई अवसर दिनुपर्ने, खेलकुदका गतिविधि तथा खेलाडीहरुलाई प्रोत्साहन गनुपर्ने जस्ता बिषयमा छलफल भएको थियो ।
सो अवसरमा लुम्बिनि प्रदेशका खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराई, सदस्य हरिस ओली, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका कार्यालय सचिव मिन प्रसाद पोखरेल, अखिल फुटवल सघं कपिलवस्तुका अध्यक्ष तिलक थापा लगायतले आआफनो धारणा राखेका थिए ।
सो अवसरमा खेलकुद गतिविधि बढाउन सरोकारका क्षेत्रसगं सबै मिलेर पहल गर्ने निर्णय भएको छ ।
Facebook Comments Box
