सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक ९
कपिलवस्तुका भृकुटी नगरपालिका ३ अस्नहराबाट ३ वटा साईकलमा सहित सालको गोलिया बरामद गरीएको छ ।
सोमबार इलाका वन कार्यालय चम्पापुर र कपिलवस्तु साझेदारी बनका पदाधिकारीहरुको टोलीले १८.७० क्युफिट गोलिया र चिरान काठ बरामद गरेको छ ।

सालको गोलिया चोरी निकासी मा संलग्न ब्यक्ति साईकल र काठ छोडी फरार भएको जिल्ला व र्कालयकलिुका उप सचिव कृष्ण न्यौपाने जानकारी दिनुभयो ।
चोरी निकासीमा संलग्न ब्यक्ति साईकल र काठ छोडी फरार भएका थिए । काठको बारेमा थप अनुसन्धान र काठ तस्कारहरुको खोजी भैरहेको उप सचिव कृष्ण न्यौपाने बताउनु भयो ।
ईलका बन कार्यलय ठकुरापुरले जनपद प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा शुक्रवार राती सिसौ र साल काठ बरामद गरेको छ । चोरी निकासीको लागि तयारी भएको रहेको काठ खुरहुरियाके बिसौवा खोला र भगवानपुर ४ को नारायनपुर भन्ने स्थानबाट सिसौ र साल काठ बरामद गरीएको हो ।
फरेष्टर सुमन पाण्डेको कमाण्डमा खटिएको टोलीले साल १३.३८ र सिसौका गोलिया १७.०९ क्युफिट बरामद गरेको थियो ।
3