१४ बैशाख २०८१, शुक्रबार

राजपा जिल्लाध्यक्षमा चाैधरी नियुक्त

शहबाज खान ,कपिलबस्तु ।
कपिलबस्तुको विजयनगर गाँँउपालिका वडा नं.७ परसोहिया का राज कुमार चाैधरीलाई राजपा केन्द्रीय समितिले जिल्ला अध्यक्ष मण्डल सदस्यमा नियुक्त गरेकाे छ ।
मधेश अान्दाेलनमा सक्रिय भुमिका निभाई हाल सम्म पनि मधेशी जनताका हकहितका लागि लड्दै अाएका चाैधरीलाई पुर्वअध्यक्ष रामदाश गुप्ताकाे सट्टामा नियुक्त गरिएकाे विज्ञाप्तिमा उल्लेख गरिएकाे छ । इमान्दार, कर्मठ,जुझारु,साथै मधेश आन्दोलनहरुमा सक्रिय भूमिका निरवाह गर्नु भयेका राज कुमार चौधरी ज्यू लाई भदाैं २९गते का दिन राष्ट्रिय जनता पार्टी नेपाल केन्द्रीय समिति ले कपिलवस्तु जिल्लाको अध्यक्ष मण्डलको सदस्यको पदमा मनोनित गरेको छ।साथै पार्टीको हितमा चाैधरीको कार्यकाल उपलब्धी मूलक हुने छ भने विश्वास विज्ञाप्ती मार्फत जानकारी दिईएकाे छ। साथै कार्यकाल सफल रहोस भन्ने शुभकामना कपिलवस्तु जिल्लाका रा.ज.पा. समर्थक हरुले व्यक्त गरेका छन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट