बाटोको स्तर उन्नतिन हुॅदा सास्ति ।।
कपिलवस्तु चन्द्रौटा, दिपक खड्का । बालापुर हल्लानगर सडक स्तर उन्नतिन हुदा वाटो जिर्ण बन्दै गएको छ । आर्थिक वर्ष 072/073 मा जिविस अन्तर्गत वाटो ग्रेवेल भए पनि अहिले वाटोमा खाल्डा,खुल्डि परेका छन । हजारोको संख्यामा मानिसहरू अहोर,दोहोर गर्ने गर्छन । सुरही नाका खुलेपछि अहिले सोही बाटो हुदै टेकटर र टिप्पर गिठी,बालुवा ढुवानी गर्ने र तिब्र गतिमा गाडी गुडाउनाले बाटो हिड्दा धुलेई,धुलो हुने गरेको पुर्ण परियारले बताए । बाटो छेउ छाउमा घर भएकाले वाटोको बिच,बिचमा ब्रेकर बनाएका छन । यसरी वाटोमा ब्रेकर हाल्दा दुर्घटना हुने सम्भावना बढी भएको छ ।
Facebook Comments Box