२ भाद्र २०७९, बिहीबार

मुस्ताङमा सयौं जनाले घेराउ गरे अमिताभ बच्चन चढेको कार ! डेनी रिसाए

काठमाडौं । अभिनेता डेनी डेन्जोङ्पाले नेपालको मुस्ताङमा छायांकन भएको आफ्नो फिल्म ‘खुदा गवाह’को स्मरण गर्दै सुटिङ सेटमा सयौं जनाले आफू र अमिताभ बच्चन चढेको कारलाई घेराउ गरेको क्षण सम्झिएका छन् ।

बलिउड म्यागजिन फिल्म फेयरसँगको हालैको एक अन्तर्वार्तामा डेनीले नेपाल छायांकनलाई सम्झिएका हुन् ।

कार घेराउ गर्दा आफू आक्रोशित भएको, तर गेटअपमा रहेका अमिताभ बच्चनले आफ्नो हात समात्दै शान्त रहन आग्रह गरेको सम्झिए । साथै, उनले अस्पतालमा रहेका आफ्ना अभिभावकको हेरचाहमा खटिएका अमिताभ आज्ञाकारी सन्तान भएको समेत बताए ।

सन् १९९२ मा रिलिज भएको फिल्म खुदा गवाहको छायांकन मुस्ताङमा गरिएको थियो । मुकुल आनन्द निर्देशित फिल्ममा अमिताभ, डेनी, श्रीदेवी, नागार्जुन, शिल्पा शिरोडकर र किरण कुमारको मुख्य भूमिका रहेको थियो ।
मुस्ताङ छायांकन सम्झिंदै डेनीले भने, ‘हामी नेपालको दुर्गम ठाउँ मुस्ताङमा फिल्म सुटिङ गरिरहेका थियौं । त्यतिबेला सयौं मानिसले हाम्रो कार घेराउ गरेका थिए । त्यतिबेला कार हल्लिरहेको थियो । म आक्रोशित बनें । कारभित्र एसी नहुँदा पनि अमिताभजी पगडी र बाक्लो दारीसहित हुनुहुन्थ्यो । उहाँले मेरो हात समात्दै भन्नुभयो, आरामपूर्वक बस्नुस्, त्यो गर्मीलाई सहनुस्, यदि तपाईं बाहिर जानुभयो भने तपाईंको गेटअपबारे सबैलाई थाहा हुन्छ ।’

धेरै कमेन्ट गरिएका

ताजा उपडेट