१४ बैशाख २०८१, शुक्रबार

अमेरिकी साइबर सुरक्षा कम्पनीद्वारा चिनियाँ ह्याकरहरुले चलाएको ‘अपरेसन कुकुबिज’ को भण्डाफोर

काठमाडौँ ।चिनियाँ ह्याकरहरुले ठूलो स्तरमा साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गर्ने गरेको खुलासा भएको छ ।

अमेरिकाको बोस्टन राज्यको मासाचुसेट्स सहरमा रहेको साइबररिजन नामक कम्पनीले चिनियाँ ह्याकरहरुले सञ्चालन गरेको ‘अपरेसन कुकुबिज’ नामक साइबर अभियानको खुलासा गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बौद्धिक सम्पत्ति चोरी गर्ने उद्देश्यबाट प्रेरित यस साइबर अभियानमा एपीटी ४१ भनिने विन्टिटी नामक चिनियाँ ह्याकिङ समूहको संलग्नता रहेको जनाइएको छ । यस साइबर अभियानमा संलग्न चिनियाँ ह्याकरहरुले अमेरिका, युरोप र एसियाली महादेशका रक्षा उद्योग, हवाई उद्योग, स्वास्थ्य एवम् औषधि प्रविधिजस्ता कम्पनीहरुलाई लक्षित गर्दै आएका थिए ।

साइबररिजनले १२ महिला लगाएर गरेको अध्ययनको प्रतिवेदनअनुसार यो समूहले रणनीतिक रुपमा महत्वपूर्ण उद्योगहरुको बौद्धिक सम्पत्ति चोरी गर्दै आएका थिए ।
साइबररिजनका अनुसार सन् २०१९ बाट यस समूहले ह्याकिङ अभियान थालेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट