१३ बैशाख २०८१, बिहीबार

चिनियाँ कम्पनीलाई ठेक्का देखि ओली र प्रचण्डसंगकाे सेटिङ्ग ,एउटै नाइके छन दिपक भट्ट

काठमाडौं । देशको प्रधानमन्त्री शेरबहादुर देउवा देखिएपनि महत्वपूर्ण निर्णयहरुमा भने विचौलिया र संगठित गिरोह नै हावी हुन थालेको छ । यो यस्तो गिरोह हो जो जोसुकै प्रधानमन्त्री हुँदा पनि हावी हुने गरेको छ । त्यो गिरोहका नाइके हुन् दिपक भट्ट ।

दिपक भट्टले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा धेरै फाइदा लिए । उनले महत्वपूर्ण निकायहरुमा आफ्ना मान्छे नियुक्त गर्न सके । कमिशनको खेलमा उनले त्यस्ता नियुक्तिहरु गराएको चर्चा चलिरह्यो ।
विगतमा प्रचण्ड प्रधानमन्त्री हुँदा नि उनै दिपक भट्ट हावी थिए । ठूलो निर्माण कम्पनीलाई ठेक्का दिलाउन सके । विशेषगरी चिनियाँ कम्पनीहरुले पाएको ठेक्कापट्टामा दिपक भट्ट विचौलियाका रुपमा संलग्न भए ।

अहिले देशमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि उनै दिपक भट्ट हालीमुहाली हुन थालेका छन् । उनले राज्यका शक्तिशाली निकायलाई प्रभावित गरी लाभ लिन थालेका छन् ।

भट्ट दलका प्रभावशाली नेताहरुलाई प्रभावित पार्न सक्छन् । उनी नियमित उच्च तहको भेटघाट गर्छन् । प्रमुख दलका नेतालाई कार्यकर्ताले भेट्न धेरै दिन कुनुपर्छ या त भेट्ने समय नै पाउँदैनन् । तर, दिपक भट्टले तु का तु भेट्न पाउँछन् ।

पछिल्लो समय वामपन्थी एकताको माहोल तयार गर्न समेत दिपक भट्टले भित्री भूमिका निभाइरहेका छन् । उनी जता पनि मिल्न सक्छन् र जुनसुकै चलखेलमा पनि सक्रिय हुन्छन् ।रिपाेर्टस नेपाल

धेरै कमेन्ट गरिएका

ताजा उपडेट