ओली नेतृत्वको सरकारकै पालामा एसपीपी अघि बढेको पुष्टि भएको महामन्त्री शर्माको दाबी

सेयर गर्नुहोस

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् । महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी काँग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन् ।

उनले कूटनीतिक मर्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहो¥याए ।

महामन्त्री थापाले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए । उनले भने, ‘देशको समुन्नतिका लागि चीनले सहयोग गरोस्, हामी लिन तयार । भारतले सहयोग गरोस् हामी लिन तयार । अमेरिकाले सहयोग गरोस् हामी लिन तयार । तर, नेपालको राष्ट्रिय स्वार्थलाई राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रमा राखेर मात्रै हामी त्यो लिन तयार । हामीले चीनसँग बीआरआई गर्दैगर्दा, अमेरिका रिसाउला कि भन्ने चिन्ता गरेनौं । अमेरिकासँग एमसीसी गर्दैगर्दा चीन रिसाउलाकि हामीले चिन्ता गरेनौं । हामीले दुवैलाई भन्यौ–हामी दुवैको साथ चाहन्छौं, दुनिँया सबको साथ चाहन्छौं ।’

उनले थप भने, ‘नेपाली जनताको हितका लागि, नेपाली जनताको मुस्कुराहटको लागि, नेपालको समुन्नतिको लागि । तर, अहिले एसपीपी जो आएको छ । तपाईँहरु सबैले हेर्नु भो । यसले २÷३ वटा कुरालाई सार्वजनिक रुपमा क्लिएर गरेको छ । एउटा, हामी कति कूटनीति अभ्यासको बारेमा गम्भिर रहेनछौं । कुनै पत्र लेखिन्छ । पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ । पत्र पाउनेले पाईसक्छ । लेख्नेले लेखिसक्छ । न तपाई थाहा पाउनु हुन्छ, न म थाहा पाउँछु । न सरकारले थाहा पाउँछ । अनि संसदमा उभिएर कसैले आक्षेप लगाउने ढंगले भनि दिनुहुन्छ–हामीले त रोक्ने प्रयत्न गरेका थियौं, काँग्रेस गम्भिर भएन भनेर भनि दिनुहुन्छ । २४ घण्टा पुग्दै गर्दा थाहा हुन्छ, जसले त्यसरी खरो स्वरमा बोल्नु भयो । उहाँहरुकै पालामा त्यसरी लेखिएको रहेछ । त्यसैले अहिले प्रश्न एसपीपी आयो र गयो भन्ने होइन ।’

उनले फेरि भने, ‘यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर संकेत होइन । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट रुपमा भनिसक्नु भएको छ–नेपालको सार्वभौमिकतालाई, भूराजनीतिक संवेदनशीलतालाई हेक्का नराखिकन यो प्रकारको कुनै पनि सन्धि, सम्झौंतामा नेपाल देशले हस्ताक्षर गर्दैन । हामी यसमा सहमत हुँदैनौं । सहभागी हुँदैनौं । त्यो आफ्नो ठाउँमा छ भनि सक्नु भएको छ । तर यसलाई हामीले गम्भिरतापूर्वक केन्द्रमा राखेर हेर्नुपर्छ कि यस्तो प्रकारको कूटनीतिक प्रक्रियाभन्दा बाहिर गएर गरिने अभ्यास निरन्तर भयो भने देशका लागि दुःखद हुन्छ । अहिलेसम्म विवादमा नपरी आएको नेपाली सेनालाई यो प्रकारको संलग्न हुने, पहिलेको नेतृत्वको संलग्न हुने, अहिलेको नेतृत्व सुसूचित नहुने अनि विवादमा तानिने घटनाक्रम सुन्दर संकेत होइन । अनि यस्तो विषयबस्तु आउँदै गर्दा एकले अर्कोलाई खसाल्ने ढंगले अभिव्यक्तिहरु आउने कुरालाई राष्ट्रिय एकतालाई बलियो बनाउने होइन, कमजोर बनाउने र यस्ता विषयहरुलाई राजनीतिको शिकार बनाउने कुराले समुन्नत राष्ट्र बनाउने कुरामा बाध्य पु¥याउँछ । हामी कुनै पनि प्रकारको सैन्य गतिविधिमा कहिल्यै पनि सामेल हुँदैनौं ।’

यसका साथै महामन्त्री शर्माले महामन्त्री शर्माले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मेयर महर्जनले अघिल्लो कार्यकालमा आफूले गल्ती नगरेकै कारण यहाँले जनताका आफूलाई पुनः निर्वाचित गरेको उल्लेख गर्दै अव झनै गतिशील भएर काम गर्ने बताए । उनले ललितपुर जिल्ला शैक्षिक हर्वको रुपमा रहेको उल्लेख गर्दै त्यहाँको सामूदायिक विद्यालयको पनि शैक्षिक गतिविधिलाई उन्नत बनाउन आफूले विज्ञहरुसँग परामर्श गरेर काम गरिरहेको बताए ।

Facebook Comments Box